५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगंज –२ को वजेट १ करोड ३० लाख भन्दा बढी


२२ श्रावण २०७७, बिहिबार  

0
Shares

ward21
ward22

गौरीगंज २२, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. २ ले आर्थिक वर्ष ०७७/७८ को लागि १ करोड लाख ३० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोज गरेको छ ।
कार्यालयले कृषि, स्वास्थ्य, संस्कृति प्रवद्र्वन, पूर्वाधार विकास, भवन तथा शहरी विकास, उर्जा लघु तथा साना जलविद्युत, वातावरण तथा विपद् व्यवस्थापनलगायतका शिर्षकमा वजेट विनियोजन गरेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको वजेट पुस्तिकामा वडा कार्यालयको सिलिङ्ग वजेट ७२ लाख रुपैयाँ र गाउँपालिका स्तरिय छुट्याएको बजेटसमेत एकमुष्ट जोड्दा वार्ड नं. २ को जम्मा बजेट १ करोड ३० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको हो ।
वार्ड नं. २ ले कृषकहरुको जिवनस्तर उकास्न र आयआर्जनलाई केन्द्रिकृत गरी कृषि कार्यक्रमका लागि १२ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख छ । वार्ड नं २ को पूर्वाधार विकास अन्तर्गत सडक, पुल तथा झोलेङ्गे पुल, उर्जा, साना जलविद्युत शिर्षकमा २७ लाख ५५ हजार रुपैयाँ बजेट छुट्याएकोले वडा नं. २ का अध्यक्ष अग्नु प्रसाद राजवंशीले बताए । त्यसैगरी संस्कृति प्रबद्र्वनतर्फ १५ लाख , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा २८ लाख ७० हजार रुपैयाँ रकम छुट्टाएको छ भने शिक्षामा ५लाख , खानेपानी तथा सरसफाईमा २ लाख ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ३ लाख २५ हजार रुपैयाँ वजेट छुट्टाएको छ ।
त्यसैगरी गाउँपालिका स्तरिय योजना अन्तर्गत वडा नं. २ को बिनिता नेम्वाङ्गको घर छेउ कल्भर्ट निर्माणका १३ लाख, विरपुरबाट सतारवस्ती जोड्ने बाटो कल्भर्ट निर्माण १३ लाख, एनसेल टावर अगाडीको ह्याण्ड पाइप जडान तथा मर्मतका लागि २ लाख ५० हजार, नेत्र राजवंशीको घरदेखि पश्चिम मसानघाट जाने सडक ग्राभेल र ह्युम पाइप कल्भर्ट जडान खर्चका लागि ११ लाख ५० हजार, आमगाछी फुल बहादुर राजवंशीको घरदेखि पश्चिम वस्ती जोड्ने बाटो ग्राभेलका लागि १२ लाख, महाराज थान निर्माण बगाहचौधरीका लागि ४ लाख, सन्थालहरुको जाहेरथान निर्माण (तीन वटा) २ लाख रुपैयाँ बजेट छुट्याएको वडा अध्यक्ष राजवंशीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १२ : ५२ बजे