१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीग‌ंज क्षेत्रमा तस्करहरूकाे रमिता, रातारात प्रतिवन्धित सुर्ती र मदिरा वारपार


१२ श्रावण २०७७, सोमबार  

0
Shares

20200727_175853
फाईल फाेटाे

आत्माराम राजवंशी

गाैरीगंज १२, साउन / गाैरीगंज गाउँपालिक्षेत्रभित्र रहेका विभिन्न नाकाकाे प्रयाेग गर्दै नेपालमा प्रतिवन्धित सुर्तीजन्य पदार्थ भित्रिरहेकाे खुलेकाे छ ।
गाैरीगंज क्षेत्रकाे सीमानाकामा तस्करी गर्ने र गराउने श्रृङखला लामाे भएपनि पछिल्लाे समयमा तस्करहरूले

भारतसंगकाे सीमानाका बन्दकाे माैका छाेपी प्रतिवन्धित सुर्तीजन्य पदार्थ , खाद्यान्न सामान र रसायनिक मल नेपाल तर्फ भित्रियाउने र भारततर्फ चाैपाया र मदिरा पदार्थ लाने कार्यलाई तीव्रता दिएकाे पाईएकाे छ ।

काेराेना भाईरसकाे संक्रमणबाट बच्न र राेकथामका लागि नेपाल सरकारले लगाएकाे सीमानाका बन्दकाे माैका छाेपी गाैरीगंज क्षेत्रकाे विभिन्न नाका प्रयाेग गर्दै रातारात तस्करहरूले सुर्तीजन्यसहित खाद्यान्न पर्दाथहरू भित्राई रहेकाे स्थानियहरूले बताएका छन् ।

भारतीय सीमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकाकाे करिब २२ किलाेमिटर खुल्ला सिमामा समुहमा २४ सै घण्टा प्रहरीले डिउटी दिएपनि तरस्करहरूले सुर्तीजन्य पदार्थ रातारात भित्राईरहेकाे स्थानीयहरू बताउँछन् ।

सिमावर्ती स्थानियहरूका अनुसार रातकाे समयमा नेपालबाट चाैपाया र मदिरा पदार्थ तथा भारततर्फबाट माछा, रसायनिक मल, खैनी, कपडा, खाद्यान्न सामान तस्करी हुँदै आएकाे छ ।

‘ राती साईकलमा सामान लगेकाे हामी थाहा पाउँछाै गाैरीगंज गाउँपालिका वार्ड नं.६ देवीगंज बस्ने एक स्थानिय भन्छन् – तर हेर्ने वित्तिकै तस्करहरू भाग्छन् र गायब हुन्छन् । ‘
20200727_180043

सुर्ती मात्र हाेईन चिनी, तेललगायत अन्य खाद्यान्न सामानहरू पनि फत्तेपुर नाकाबाट भित्रीरहेकाे उनले बताए ।
साईकलका साईकल यस नाकाबाट रातारात भित्रिरहे पनि प्रहरीले उनीहरूलाई नदेख्नु अच्चम भएकाे बताउँदै स्थानीयहरूले कहि कतै प्रहरीकाे मिलेमताे त छैन शंका जताए ।

यहि बैशाख २२ गते साेमवार गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ फत्तेपुर जनताचाैकमा प्रहरीले ४५ केजी सुर्ती बरामद गरेकाे थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ जनता चाैक बस्ने अन्दाजी वर्ष ५० काे माेटेश्वर सिंहले साईकलमा भारततर्फबाट सुर्ती ल्याउदै गरेकाे अवस्थामा साेमवार विहान ५ बजे सशस्त्र प्रहरी गाैरीगंजकाे टाेलीले पक्राउ गरेकाे थियाे ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ फत्तेपुर नाकामा सिमामै अस्थायी प्रहरीकाे पाेस्ट स्थापना गरिएकाे थियाे । त्यहाँ प्रहरीले २४ घण्टा सुरक्षा दिईरहेकाे थियाे । तर उत्त सुर्ती प्रहरीकाे पाेस्ट भन्दा करिब १ किलोमिटर भित्र नेपाल तर्फ जनता चाैकमा प्रहरीले बरामद गरेकाे थियाे ।
सिमामा प्रहरीकाे कडाईका बीच तस्करले उत्त सुर्ती कसरी नेपाल भित्रायाे त ? स्थानियवासीहरू त्यसबेला प्रश्न गरेका थिए ।

तस्कर समुहले भारतबाट भित्र्याएको अबैध सूर्ति भण्डारण गरिएको घरबाट यहि असार २ गते गौरीगञ्ज -१ कुञ्जीबारीमा स्थानीय युवाले एक बोरा सूर्ति बरामद गरेर  प्रहरीलाई बुझाएकाे थियाे ।

तस्करहरूलाई पक्राउ खाेई ?

प्रहरीले सूर्ति भित्र्याउने भारतीय तस्करसंग साँठगााठ भएका गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३,५ र ६ का विभन्न नाकाकाे प्रयाेग गरी सुर्तीजन्य पदार्थ भित्राउने सञ्जय साह र गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. १ र २ काे नाका प्रयाेग गरेर सुर्ती भित्राउने विनोद साह / मण्डल नामका यी नामुद व्यापारीहरूलाई अहिले सम्म पक्राउ गरेको छैन । विनाेद भनिने ती व्यक्तिको वार्ड नं. १ काे रंगियाथान, कुञ्जिवारीलगायतका हाट बजारहरूमा लत्ताकपडा तथा खाद्यान्न पसलहरूहमा अदृश्य लगानी समेत रहेकाे स्राेत बताउँछन् । उनकाे नेपाल र भारत दुबै देशकाे नागरिकता रहेकाे उनीसंग काराेवारी गर्नेहरू बताउँछन् । उनकाे नेपाली नागरिकतामा
साह थर र भारतीय नागरिकतामा मण्डल थर लेखिएकाे रहेकाे छ ।

ती व्यक्तिहरू लामो समयदेखि सो क्षेत्रमा अबैध तस्करी गर्ने प्रमुख नाइके भएको स्थानीयको भनाई छ । सीमा बन्दको अवस्थामा पनि तस्करहरुले दिनहुँ सामान भित्र्याईरहनु र सामान बरामद गरेर जिम्मा लगाउँदा पनि संलग्नलाई कारवाही नगर्नुले सीमा क्षेत्रमा सुरक्षा निकायको संरक्षणमानै तस्करी हुने गरेका त हाेईनन् ? स्थानियहरू शंका गर्छन् ।

जसका कारण ठाउँ ठाउँमा तस्करको समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने गरेका घट्ना एकपछि अर्को गर्दै बाहिर आईरहेका छन् ।
हालै गाैरीगंज गाउँपालिका वार्ड नं. ५ डाँगीटाेला मल्हाटाेलीमा भारतीय तस्करहरूले साउन ३ गते राती करिब ९ बजे सशस्त्र प्रहरी माथि आक्रमण गरेका थिए । मदिरा लान नपाएकाे झाेकमा तस्करहरूले प्रहरीमाथि आक्रमण गरेकाे बताईएकाे थियाे ।
सरकारले भारतसंगकाे बाेर्डर पुर्णरूपमा सिल गरिएकाे छ । सरकारले विश्वभर फैलिरहेकाे काेराेनाकाे संक्रमणलाई नियन्त्रण गर्न र त्यसबाट बच्न लकडाउनसंगै बाेर्डर पुर्णरूपमा सिल गरिएकाे हाे ।
नेपाल भारत आवतजावत बन्द गरिएकाे छ । उता भाररतकाे विहारमा समेत काेराेना भाईरसबाट संक्रमित बिरामी बढिरहेका बेला यसरी भारतबाट अवैधरूपमा सुर्तीलगायत खाद्यान्न पर्दाथ भित्रिनुले गाैरीगंज क्षेत्रलगायत अन्य क्षेत्र पनि जाेखिममा छ ।

भैंसी चाेर्ने प्रयास

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंजमा गएराती भैंसी चाेर्ने प्रयास गरिएकाे छ । नेपाल भारत सीमासंग जाेडिएकाे देवीगंज बस्ने स्थानिय सत्यनारायण यादवकाे गुवालीबाट रातकाे १२ बजे भैंसी फुकाली बाेर्डर पार गर्ने क्रममा गाउँलेले हाेहल्ला गरेपछि भैंसी छाेडेर भागेका थिए ।
एक स्थानियका अनुसार रातकाे ११ / १२ बजे दिनहुँ ८/१० जनाकाे समुहले बाेरामा सामान र चाैपाया भारततर्फ लाने गरेकाे छ। उनले भने- ‘ साईकल र पैदलमा रातभर देवीगंज क्षेत्रबाट भारत तर्फ मालसमान लाने र भारतबाट विभिन्न सामानहरू नेपालतर्फ तस्करहरूले ल्याउने गरेकाे देख्छु ‘ । ‘डरले मात्र हामी बाेल्न नसकेकाे हाे कहि हामीमाथि आक्रमण गर्छन् कि भनेर ? उनले भने – ‘ रातभर रमिता हुन्छ तस्करहरूकाे चहलपहलले सुत्नै पाउदैनाै ।’

तस्करहरूले खेत विगारेेेेकाे क्षतिपूर्ति दिए

गत असार ३१ गते राति करिब १२ बजे तस्करहरूले १४ वटा गाेरू ( चाैपाया) धान राेपाई गरेकाे खेतैखेत भारततर्फ लगेका थिए । भारततर्फ लगिएकाे चाैपायमध्ये १ वटा हिड्न नसकेेेर खेतमै ढलेपछि त्यस्काे रहस्य खुलेकाे थियाे ।
तस्करहरूले राेपाई गरेकाे खेत विगार गरेपछि कृषकहरूले त्यसकाे क्षतिपूर्तिका लागि स्थानीय वडा नं. ६ काे कार्यालयमा निवेदन दिन खाेजेका थिए । तर जनप्रतिनिधिहरूकाे राेहवरमा कृषकलाई क्षतिपूर्ति स्वरूप विगार गरेकाे खेतमा पुन: राेपाई गरिदिने सहमति भएपछि कृषकहरू निवेदन दिनबाट पछि हटेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १२ : २४ बजे