४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024


२२ असार २०७७, सोमबार  

0
Shares

गौरीगंज २२, असार /  गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले यहाँका कृषकहरुलाई स्प्रे टेंकी प्रदान गरेको छ ।
वार्ड कार्यालयले  आमज यहाँका ४१ जना कृषकहरुलाई १६ लि. क्षमता भएको स्प्रे टेंकी प्रदान गरेको हो ।

वार्डको सिलिङ्ग वजेटबाट वास्तविक किसानहरुको पहिचान गरी  कृषकहरुलाई  स्प्रे टंकी वितरण गरेको वार्ड अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन् । वितरण कार्यक्रममा वार्ड नं. ६ की वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिमकुमार राई, मुकेश कुमार साह र रमकुमारी विकलगायत  कृषकहरुको सहभागिता थियो । 

त्यसैगरी वडा कार्यालयले वडाका १५ जना विपन्न परिवारलाई पानी पिउने ट्वेल वितरण गरेको छ ।  उनीहरुको अवस्था र घर परिवार संख्या बमोजिम एक परिवारलाई एक ट्वेल वडा कार्यालयले वितरण गरेको वडा सचिव सुमन
रेग्मीले बताए । वार्ड कार्यालयले ८ वटा हाेण्डासमेत कृषकलाई वितरण गरेकाे बताईएकाे छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ४९ बजे