११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंजमा व्यायामशाला स्थापना


२३ पुस २०७६, बुधबार  

0
Shares

3a
गाैरीगंज २३, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा एक कार्यक्रमका बीच अाज व्यायामशालाकाे उद्घाटन गरिएकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले रिवन काटेर उत्त व्यायामशालाकाे उद्घाटन गरेका थिए ।
शरीर सुसंगठित र शारीरिक स्वस्थ्ताका लागि स्थापना भएकाे व्यायामशालाबाट युवादेखि वृद्वासम्मले लाभ लिन सक्ने जनाईएकाे छ। ।स्थानिय युवाहरूकाे चाहना बमाेजिम विहान र वेलुका व्यायामशालामा गई शारीरिक व्याम गर्न सकिने र व्यायामशालामा प्रशिक्षक समेतकाे व्यवस्था गरिएकाे छ ।
1a
स्थानिय विशाल दास र सुरज पंजियारले व्याम गर्न आउने आगन्तुकहरूलाई सिकाउने छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे ५ लाख रूपैयाँकाे आर्थिक सहयाेगमा सञ्चालन भएकाे जिमखानामा ट्रेड मिल, वाइसाइकल मेसिन, मल्टि जिम, चेस्ट वेन्च, रबर बल्स, डम्वेलस, टाई सेप राेप र स्ट्रेट एण्ड कर्व रडलगायतका सामानहरू व्याम गर्न राखिएकाे वार्ड नं. ३ का अध्यक्ष मखना महताेले बताए ।
2a
कार्यक्रममा गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ३ का वडा सदस्य हेमा आचार्य, गाैरीगंज माविका प्रअ गाेविन्द घिमिरे, गाैरीगंज खानेपानी संस्थाका सचिव गंगा राजवंशी, यातायात व्यवयायी संघका प्रतिनिधि उतम दास, इफाका प्रहरी कार्यालय गाैरीगंजका प्रमुख गणेश भट्टराई, सशस्त्र प्रहरी वल गाैरीगंजका प्रमुख साइमन श्रेष्ठलगायतकाे सहभागिता थियाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का सदस्य तथा कार्यपालिका सदस्य सरिता शेर्पाले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन वडा सचिव अजय साहले गरेका थिए ।
4a
20200108_174247

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १२ : ०३ बजे