११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

शिविरबाट १ सय ८ जना महिलाले स्वास्थ लाभ लिए


१६ पुस २०७६, बुधबार  

0
Shares

20191231_121528
गाैरीगंज १६, पुस / ग्रामीण महिलाहरूलाई स्वास्थ्य लाभ दिन यहाँ स्थित गाैरीगंज प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरिएकाे छ ।
गाैरीगंज गाउँपालिका र खजुरगाछी साना किसान कृषि सहकारी संस्थाले संयुक्तरूपमा साेमवार र मंगलवार महिलाहरूकाे पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर राखेकाे हाे ।
स्वास्थ शिविरमा १ सय ८ जना ग्रामीण महिलाहरूले स्वास्थ्य लाभ लिएकाे खजुरगाछी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष डिक कुमारी अधिकारीले बताईन् । शिविरमा पहिलाे दिन ५५ जना र दाेस्राे दिन ५३ जनाले स्वास्थ्य लाभ लिएका थिए ।
मेची अस्पताल भद्रपुरबाट आएका सिनियर स्टाफ नर्स सीता भण्डारी, स्टाफ नर्स अस्मिता थापा र अनमी मिना विककाे प्राविधिक टाेलीले स्वास्थ्य जाँच गरेका थिए ।
पाठेघरमा समस्या भएका महिलाहरूलाई स्वास्थ जाँच गरि उपचार गर्न सक्ने विरामीलाई उपचार गरि निशुल्कमा आैषधी दिने र यहाँ उपचार गर्न नसक्ने विरामीलाई अन्यत्र रेफर गरिएकाे संस्थाकि सदस्य लक्ष्मी लुईटेलले बताईन् । संस्थाले ग्रामीण क्षेत्र महिलाहरूले स्वास्थ्य लाभ लिउन् भन्ने उदेश्यले यस प्रकारका कार्यक्रमहरू प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे संस्थाका प्रबन्धक ओमप्रकाश ताजपुरियाले बताए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ५९ बजे