१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजनीतिक दलहरूले पाउने प्रतिनिधि सभा र प्रदेश सभाकाे समानुपातिक सिट आयाेगद्वारा निर्धारण




गाैरीगंज २२, मंसिर / मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित हुने सिट संख्या निर्वाचन आयाेगले निर्धारण गरेकाे छ ।
निर्वाचन आयाेगले निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यकाे सिट संख्या निर्धारण गरेकाे हाे ।

निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची-१ र अनुसूची-२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची -१ बमोजिम राजनीतिक दलहरुबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या आयोगबाट निम्नबमोजिम निर्धारण गरिएको छ ।  

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : ४६ बजे