४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहमा काेराेना भाईरस संक्रमण विरूद्व ‘काेभिड साथी’ अभियान शुरू


७ असार २०७७, आइतबार  

0
Shares

received_882508072160097
गाैरादह ७, असार / झापाकाे गाैरादहमा काेराेना भाईरस संक्रमण बिरुद्द जनचेतना जगाउने उद्देश्यले “काेभिड साथी” अभियानकाे सुरुवात गरिएकाे छ ।
उपभाेत्ता हित सँरक्षण मञ्च गाैरादहकाे संयाेजन र गाैरादहकै अन्य ९ वटा सामाजीक संघ सस्थाहरूकाे सहकार्यमा साे अभियान संचालन हुन गईरहेकाे हाे ।
शनिवारबाट सुरु गर्न लागिएकाे अभियान गाैरादहमा काेराेना भाईरसकाे संक्रमणलाई फैलन नदिने उद्देश्यले गर्न लागिएकाे सामाजिक अभियन्ता माेहन कृष्ण घिमिरेले बताउनुभयाे ।
२५ जना स्वायंमसेबीहरुले गाैरादहका बढि भिडवाड हुने क्षेत्रकाे पहिचानगरि दिनकाे २ घन्टा साे अभियान चलाउने उपभाेक्ता संरक्षण मंचका संयाेजक दिलिप भण्डारिले बताउनुभयाे।
अभियान अन्तर्गत काेराेना भाईरस काेबिड-१९ काे संक्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने साबधानिका साथै जनचेतनामुलक जानकारी प्रस्तुत गरिने छ । त्यस्तै मास्क लगाउने, सेनीटाइज प्रयाेग गर्ने र भाैतिक दुरीकाे ब्यबस्थापन कसरी गर्ने भन्ने जानकारि दिईने अभियन्ता डा. तिलक खनालले बताउनुभयाे ।
गाैरादह बजारबाट सुरु गर्न लागिएकाे अभियान बिस्तारै सम्पुर्ण नगरक्षेत्र भरि पुर्याउने लक्ष्य रहेकाे अभियान्ता भिमबिजय बास्ताेलाले जानकारि दिनुभयाे । स्वातस्फुर्त रुपमा संचालन हुनगईरहेकाे अभियानमा बिस्तारै अन्य महानुभाबहरुलाई जाेड्दै लगिने बताईएकाे छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ४४ बजे