६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

थप ६ मा काेराेना पुष्टि ,आज मात्र १६ जना संक्रमित, संख्या ७५ पुग्यो


२१ बैशाख २०७७, आइतबार  

0
Shares

20200503_210612
गाैरीगंज २१, वैशाख / नेपालगन्जमा फेरि थप ६ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

प्रदेश नम्वर पाँच सामाजिक विकास मन्त्रालयका अनुसार नेपालगन्जस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसंगै नेपालगञ्जमा मात्रै १६ जनामा कोरोना संक्रमण देखिएको छ भने देशभर संक्रमितको संख्या ७५ पुगेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जमा ५ पुरुष र ४ जना महिला गरी ९ जनामा कोरोना पोजेटिभ देखेको जानकारी दिएको थियो । शुक्रबार ६० वर्षका पुरुषमा कोभिड नाइन्टिन पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप १४ जनामा कोरोना पोजेटिभ देखिएको हो । थप ६ जना व्यक्ति पनि ६० वर्षका बृद्धको सम्पर्कमा रहेका व्यक्तिहरु रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ३ : ५१ बजे