५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरादहकाे क्वारेन्टाइनमा रहेका २ जनामा काेराेना पाेजिटिभ रिपोर्ट


१४ जेष्ठ २०७७, बुधबार  

0
Shares

20200527_144625
गाैरीगंज १४, जेठ / झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार दिउँसो १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ‘भर्खरै रिपोर्ट पोजेटिभ देखिएको छ,’ उनले भनिन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापाकाे कचनकवल गाउँपालिकामा १५ जना र झापाकै गाैरदह नगरपालिकामा २ जनामा संक्रमण देखिएकाे हाे । गाैरादह नगरपालिका वार्ड नं. ९ का काेराेना पुष्टि भएका २ जना भारतकाे मद्रासबाट आएका थिए । क्वारेन्टाइनमा रहेका २० जनाकाे थ्राेट स्वाब परिक्षण गर्दा उनीहरूमध्ये २ जनामा पाेजिटिभ रिपोर्ट आएकाे गाैरादह नगरपालिकाका प्रशासकिय अधिकृत खेम ओझाले जानकारी गराएका छन् । अन्यहरू १८ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे अधिकृत ओझाले जानकारी गराएका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या एकसय नाघेको छ । झापामा १७ जना थप भएसँगै प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ९ : १२ बजे