८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

भारतीय सीमामा लगाएकाे मकैँ खेतीकाे व्यवस्थापनमा समस्या हुने


६ बैशाख २०७७, शनिबार  

0
Shares

20200418_155413

महाभारा ६, बैशाख / नेपाल भारत सीमा क्षेत्रमा भएको आवतजावत बन्द संगै नेपाल तर्फको जमिनमा लगाइएको सयौं बिगाहा मकै खेती ब्यवस्थापनमा समस्या हुने भएको छ । झापाको गौरीगन्ज १ साबिक महाभारा र वार्ड नम्बर २ साविक कोरोबारी क्षेत्रमा भारतीयहरुले लगाएको करीब ५०० बिगाहा भन्दा धेरै क्षेत्रफलमा रहेको हाइब्रेड मकैको ब्यवस्थापनमा समस्या भएको स्थानीयहरुले बताएका छ्न ।

साविक महाभारा गाबिसका उपाध्यक्ष समेत रहनु भएका देवेन्द्र नारायण राजबङ्सीले मकैबाली भन्दा मानव स्वास्थ्यको विषय महत्त्वपूर्ण भएकाले आवागमन रोक्नुको विकल्प नभएको बताउनु भयो । मकै पाक्ने समय भएकाले स्थानीय सरकारले कुनै बैकल्पिक उपाय लगाएर भएपनि कृषि उपजको सहि ब्यवस्थापन गर्नुपर्ने सुझाव स्थानीयहरुले राखेका छ्न् । भारतिय हरुले नेपाली जमिन बार्षिक ठेक्कामा लिएर खेती लगाउने चलन केही बर्ष यता यस क्षेत्रमा बढ्दो छ ।

बर्सेनी धान र मकै खेतीका लागि यहाँका बिरपुर, होक्कल्बारी, भन्सार , चौरी लगायतका ठाउँमा भारतियहरुले आफ्नो पुजी र श्रम दुबै लगानी गर्ने गरेका छन् । उनीहरूले यहाँ उत्पादित कृषि उपज बिक्रीका लागि जता उपयुुक्त मुल्य हुन्छ त्यतै रोज्ने गरेकोमा यस पटकको मकै जम्मा गर्ने र बिक्री गर्ने विषयमा अन्योल भएको हो । मकैमा यतिबेला घोगा लागि सकेको छ अब भाँच्ने र भेला गरेर थ्रेसर लगाउने बेला हो – स्थानीय नवीन कट्वालले भने ।

भारतीयले मकै खेती लगाउने क्रममा आफुहरुको पनि लगानी परेकोले यहाँको मकै ब्यवस्थापन र बिक्री बितरणका लागि सरकारले ध्यान दिनु पर्ने बताए । कोरोना संक्रमणसंगै नेपालसहित बिस्वका धेरै मुलुकमा लक डाउन भई खाध्य संकटको सम्भावना भैरहेको बेला गाउँ गाउँमा कृषि उत्पादन बढाउन र यस्को ब्यवस्थापनमा भने बेलैमा ध्यान जानुु आवश्यक छ ।

(निष्कर्ष न्युज अनलाइनबाट साभार)

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १० : १७ बजे