१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रंगेलीमा सरकारी जग्गामा बनाइएका पुराना घरहरू भत्काइए


१७ मंसिर २०७५, सोमबार  

0
Shares

rangeli
रंगेली १७, मङ्सिर /

मोरङ जिल्लाको रंगेलीमा सरकारी जग्गामा बनाइएका पुराना घरहरू भत्काइएको छ । रंगेली बजारमा आइतबार डोजर प्रयोग गरि सरकारी जमिनमा रहेका १० वटा घरसहित सार्वजनिक स्थलका रूखहरू समेत प्रहरीले हटाएको छ ।

रंगेली नगरपालिकाले ब्यवसायिक भवन, हाट र बसपार्क निर्माणका लागि सरकारी जमिन खाली गरिएको जनाएको छ । ५ महिना अघि घर खाली गर्न सूचना जारी गरिएको जनाउँदै रंगेली–७ का वडाध्यक्ष रामचन्द्र मण्डलले भौतिक पूर्वाधारका लागि जमिन खाली गराइएको जानकारी दिए । वडा कार्यालयले ३ बिघामा रहेका सो क्षेत्रमा हटिया, बस विसौनी र ब्यवसायिक सटर बनाउने भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार  १२ : २० बजे