४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहकाे बैगुनधुरामा काेराेना भाईरस विरूद्व अभियान


९ चैत्र २०७६, आइतबार  

0
Shares

20200322_185137

गाैरादह ९, चैत / गौरादह नगरपालिका वडा नं -९ काे बैगुनधुरामा काेराेना भाइरस नियन्त्रणका लागि नागरिक आफै सचेत हुनु पर्ने निष्कर्ष निकालेकाे छ। हालसम्म काेराेना भाइरसकाे संक्रमण यस क्षेत्रमा नदेखिएपनि निकट भविश्यमा हुन सक्ने सम्भावित जाेखिमलाई नियन्त्रण गर्न सबै नागरिकलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरेकाे छ।गलत प्रचार र हुइमकाे पछाडि नलागि आफू सचेत भएमा यसकाे संक्रमणबाट वचन सकने ठहर गरेकाे छ। गौरादह नगरपालिका वडा नं -९ काे वडा कार्यलयकाे सभाहलमा भएकाे सर्वपक्षिय भेलाले वडा भित्रका मुख्य चौक तथा बजार क्षेत्रमा साबुन पानी राखेर हात धुने ब्यबस्था मिलाउने सल्लाह दिएका छन। साेही भेलाले बजारका पसल बाहेक माछा मासु हाेटल केही समयका लागि बन्द गर्ने निर्णय गरेकाे छ। गौरादह नगरपालिका वडा नं ९ भित्र काेराेना भाइरस नियन्त्रणका लागि सचेतना कार्यक्रम गाउँ टाेल बस्तीमा पुगेर संचालन गर्ने निर्णय गरेकाे छ। गाउँ टाेलमा व्यापक प्रचारप्रसार गर्नुका साथै पर्चा पम्प्लेटिङ र माइकिङ गर्ने पनि निर्णय गरेकाे छ । वडा नं -९ मा भएकाे सर्वपक्षीय भेलाले वडाध्यक्ष सीताराम भट्टराईकाे अध्यक्षतामा २० सदस्यीय काेराेना भाइरस संक्रमण, सजगता, राेकथाम तथा नियन्त्रण समन्वय समिति सर्वसम्मत गठन गरेकाे छ। गाउँ टाेलमा बाहिरबाट काेहि नयाँ ब्यक्ति आएमा उनीहरुलाई स्वास्थ्य जाँच गराएर मात्र घर आउने र त्यस्ता ब्यक्तिहरुलाई बिशेष निगरानी गर्ने पनि निर्णय गरेकाे छ।भारतीय क्षेत्रबाट नेपालका बजारहरुमा सामान तथा पशु चौपाया खरिद गर्न आउने र भाङ्गा फुट्टा संकलन गर्न आउने भारतीय नागरिकलाई राेक लगाउनु पर्ने निष्कर्ष निकालेकाे छ। उपभाेग्य बस्तुकाे अभाब हुन नदिन र कालाबजारी हुन नदिन बजार अनुगमन गर्ने पनि निर्णय गरेकाे छ। सर्वपक्षीय भेलाले वडा भित्रका आवश्यक ठाउँमा हेल्पडेक्स राख्ने निर्णय गरेकाे छ। सर्वपक्षीय भेलामा संघ संस्थाका प्रतिनिधि,राजनीति दलका प्रतिनिधि,शिक्षक, जनप्रतिनिधि,समाजसेवी लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : ०८ बजे