७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

झापा कांग्रेसमा लाेकतान्त्रिकबाट १ जना केन्द्रीय सदस्यसहित ३८ जना थपिए ( नामावली सहित)


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200306_200456

गा‌ैरीगंज २३, फागुन/ नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार ११ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

कांग्रेस केन्द्रस्य सदस्य हुनेहरुमा रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा छन् । त्यसैगरी झापाबाट महासमिति सदस्यमा ६ जना, महाधिवेशन प्रतिनिधिमा १९ जना, जिल्ला कार्यसमितिमा ६ जना र प्रतिनिधि सभा क्षेत्रिय कार्यसमितिमा ६ जनालाई समायाेजन गरिएकाे छ ।
महासमिति सदस्यहरूमा भरतेन्द्र मल्लिक, देवीप्रसाद राजवंशी, टिकाराज ढकाल, रामु सिंह, विजय कुमार यादव, नाैताली राजवंशी रहेका छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्रिय समिति क्षेत्र नं. ५ मा सहसचिवमा प्रमाेद कुमार राजवंशी, सदस्यहरूमा राम आशिष साह, डाेमनलाल ताजपुरियालाई मनाेनित गरिएकाे छ ।

20200306_200429

20200306_200517

20200306_200530

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  २ : २७ बजे