३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

महारानीझाेडा साना किसानद्वारा सेलर मिल सञ्चालनमा


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

20200215_172008
गाैरादह ३, फागुन / गाैरादह नगरपालिका वार्ड नं. ५ स्थित महारानी झाेडा साना किसान सहकारीद्वारा सञ्चालित सामुदायिक बीउ प्रसाेधन तथा भण्डारण केन्द्रकाे तेस्रो सधारण सभा सम्पन्न भएकाे छ । संस्थाकाे बीउ प्रसाेधन तथा भण्डारण केन्द्रकाे सभाहलमा सञ्चालन गरिएकाे साधारण सभामा बीउ प्रसाेधनकि अध्यक्ष गाेमादेवि विष्टले संस्थाकाे वार्षिक प्रगति प्रतिवेदन पेश गरेकी थिईन । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजना निर्देशक रेवतिरमण पाैडलले संस्थामा रहेकाे शेलरमिल उद्घाटन गरेका छन् । सेलर मिल उद्वघाटन गर्दै प्रमुख अतिथि पाैडेलले बहुसंख्यक किसानहरूले उत्पादन गर्ने गरेकाे धान बालीलाई चामलमा रूपान्तरण गरि किसानहरूलाई राहत दिन संस्था सफल भएकाे धारणा राखेका थिए । संस्थाले ६ सय मेट्रिक टन बीउ उत्पादन गरिरहेकाे र संस्थाले किसानहरूलाई अति आवश्यक पर्ने धान, मकै, गहु, ताेरी, जय घाँस, राजमाकाे वीउ प्रसाेधन तथा भण्डारण गरिरहेकाे छ । संस्थाले यस बर्षदेखि धनियाकाे विउ प्रसाेधन तथा भण्डारण गर्नुकाे साथै किसानहरूकाे उचित मुल्यमा खरिद गरि चामल उत्पादन गर्ने संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीले बताए ।
संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजनाले सेलर मिल नि:शुल्क प्रदान गरेकाे थियाे ।
सेलर मिलकाे विधिवतरूपमा शनिवार उद्वघाटन गरिएकाे छ ।
संस्थाकि लेखा समिति संयाेजक यम कुमार श्रेष्ठले बीउ प्रसाेधन केन्द्रकाे यस वर्ष ४ कराेड ९७ लाख ५९ हजार प्रस्तावित आम्दानी र ४ कराेड ६७ लाख प्रस्तावित खर्च रहेकाे लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा आबद्व रहि गुणस्तरीय र बढी बीउ उत्पादन गरे बापत अलाउदिन मियालाई सम्मान गरिएकाे थियाे ।
महारानी झाेडा साना किसान कृषि सहकारी संस्था अध्यक्ष मिना ढकालले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ११ : ४४ बजे