४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिमितलाई १ कराेड ३ लाख १५ हजार


१ माघ २०७६, बुधबार  

0
Shares

20200115_082234
विर्तामोड १, माघ/
बिमा गरेको ३ महिनामा नै पतिको मृत्यु भए पछि झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नं. ३ की सुस्मीता थपलिया दंगालले बिमा बापतको १ करोड ३ लाख १५ हजार रूपैयाँ पाएकी छन् ।
बुद्धशान्ति ३ का इन्द्रप्रसाद दंगालले नेशनल लाइफ इन्सुरेन्स कम्पनीको बिर्तामोड शाखाबाट २०७६ असार ३१ गते ५० लाखको बिमा गरेका थिए । दंगालको गत कार्तिक ४ गते झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ दुधेमा सडक दुर्घटनामा परि निधन भए पछि उक्त बिमा बापतको रकम मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बिच स्वर्गिय दंगालकी श्रीमती सुस्मितालाई हस्तान्तरण गरिएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेशनल लाइफ इन्सुरेन्स कम्पनीका बिर्तामोड शाखा प्रमुख कमल बुढाथोकी सहित बिमा कम्पनीका प्रतिनिधिहरुले सयुक्त रुपमा सुस्मितालाई १ करोड ३ लाख १५ हजार रुपैयाको एनआइसि एसिया बैंकको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेशनल लाईफ ईन्साेरेन्स क.लि. प्रदेश नं. १ का प्रमुख नरेन्द्र राई, धरान शाखाका प्रमुख हरि प्रसाद खतिवडा, दमक शाखाका प्रमुख सुमन कुमार राईलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  २ : ३६ बजे