१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा आजराती धानकाे कुन्युमा आगलागी


११ पुस २०७६, शुक्रबार  

0
Shares

20191227_230824
गाैरीगंज ११, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ की वडा सचिव उमादेवी ठाकुरकाे खेतमा जम्मा गरि राखेकाे धानकाे कुन्युमा आजराती आगलागी भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा दक्षिण धाधरा खाेेला नजिक २ विघा ५ कठ्ठा खेतकाे धानकाे कुन्युमा करिब रातकाे ७ बजे आगलागी भएकाे सचिव उमादेवी ठाकुरले जानकारी गराईन् । आगलागीबाट करिब १ सय ७० मन धान क्षतिभएकाे प्राम्भिक अनुमान गरिएकाे छ । सर्ना, रन्जित र भाले धानकाे कुन्युमा आगलागी भएकाे जनाईएकाे छ । आगलागी भएकाे थाहा भएपछि स्थानियवासी, इलाका प्रहरी कार्यालय गाैरीगंज र गाैरादहबाट आएकाे दमकलकाे संयुक्त प्रयासबाट आगाेलाई नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । आगलागी कसरी भएकाे हाेे वा कसले गरेकाे भन्ने विषयमा अनुसन्धान गरिने प्रहरी निरीक्षक भट्टराईले बताए । करिब १ महिना अघि साेहि वार्डकाे चिल्लाहारामा धानकाे कुन्युमा आगलागी भएकाेे थियाे ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : २५ बजे