६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

कृषि क्षेत्रमा वजेट विनियोजन गर्न गाैरीगंज गाउँपालिकाकी अध्यक्ष राजवंशीकाे कृषि मन्त्री दर्लामीसंग आग्रह, एक स्थानिय तह एक उत्पादनमा जाेड




गाैरीगंज ४, भदाै / प्रदेश नं. १ सरकारका माननीय कृषि मन्त्री झलक सिंह दर्लामीले एक स्थानिय तह एक उत्पादनमा विशेष जाेड दिन आग्रह गरेका छन् ।
कृषि मन्त्री दर्लामीले शुक्रबार भेटघाट तथा विचार विमर्शका क्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीसंग त्यस्ताे आग्रह गरेका हुन् ।
यहाँकाे भाैगाेलिक अवस्था र जग्गाकाे उत्पादकत्व क्षमता हेरी एक स्थानिय तह एक उत्पादन कार्यक्रम सञ्चालन गरी किसानकाे आर्थिक आय आर्जनमा परिवर्तन गर्न सकिने बताए ।
एक स्थानिय तह एक उत्पादन कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार अन्तर्गतकाे कृषि मन्त्रालय लागि परेकाे बताउदै कृषि मन्त्री दर्लामीले त्यसका लागि आवश्यक बजेटकाे पनि व्यवस्था गरिने बताए ।
त्यस अवसरमा गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले गाैरीगंजकाे कृषि बजार, बस पार्क, धान सुकाउने ड्राई मेसिन, तरकारी खेतीकाे अवस्थाकाे बारेमा कृषि मन्त्री दर्लामीलाई जानकारी गराएका थिए । गाैरीगंज गाउँपालिकाकाे कृषि बजार सहित समग्र कृषि सिचांईका लागि वजेट विनियाेनज गर्न गाउँपालिकाकी अध्यक्ष राजवंशीले आग्रह गरिन् । गाैरीगंज गाउँपालिकाकाे एक मात्र स्थानिय स्तरमा सञ्चालित धान सुकाउने मेसिन भएकाेले चैते धान उत्पादन सहितकाे डार्ई मेसिन सञ्चालन गर्न विशेष वजेट विनियाेजन गर्न अध्यक्ष राजवंशीले अनुराेध गरिन् ।

गाैरीगंजका अधिकांश नागरिक कृषि पेशामा संलग्न भएकाेले यहाँकाे कृषकका लागि प्रदेश सरकारले कृषि सिंचाई, विउ, मल खाद्य र सहुलियत दरमा कृषिजन्य यान्त्रिक उपकरणहरूकाे व्यवस्था गर्न गाउँपालिकाकाी अध्यक्ष राजवंशीले विशेष आग्रह गरिन् ।
विचार विमर्श तथा भेटघाट कार्यक्रममा कृषि मन्त्री झलक सिंह दर्लामी, गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, वार्ड अध्यक्षहरू बद्रीनारायण यादव, कार्तिकलाल राजवंशी, पुर्व वार्ड अध्यक्ष तथा कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी, माअाेवादी केन्द्रका नेता तथा सामाजिक व्यक्तित्व सिताराम अधिकारी, नेपाली कांग्रेसका नेता गाेपाल चन्द्रसिंह राजवंशी , सामाजिक व्यक्तित्व दुर्गा नेम्वाङ, नेपाली कांग्रेस गाैरीगंज गाउँ कमिटिका सचिवद्वय गाेपाल ताजपुरिया र हरिलाल यादव, नेकाका पुर्व गाउँ सभापति राजेन्द्र कार्की, शैक्षिक तथा सामाजिक व्यक्तितब प्रकाश चन्द्र राजवंशीलगायतकाे उपस्थिति थियाे । त्यस अवसरमा गाैरीगंजकाे खजुरगाछी र गाैरीगंजकाे कृषि बजार, बस पार्क, धान सुकाउने मेसिनकाे अवलाेकनसमेत गरिएकाे थियाे ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : ५० बजे