३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

स्थानिय सरकारद्वारा नै हुक लगाएर सडक वत्ती जडान


१८ मंसिर २०७६, बुधबार  

0
Shares

20191204_150713
गाैरीगंज १७, मंसिर / नेपाल विधुत प्राधिकरण गाैरादहले अवैधरूपमा सडकमा जडान गरिएका सडक बत्ती काट्न थालेकाे छ ।
गाैरादह, कमल र गाैरीगंज क्षेत्रमा स्थानिय तहले हुक लाएर डाईरेक्ट तारमा जडान गरी वार्डका सडकहरूमा जडान गरिएका सडक वतीहरूलाई प्राधिकरणले काट्न थालेकाे हाे ।
प्राधिकरणले गाैरादह , कमल र गाैरीगंज क्षेत्रमा अवैधरूपमा
विधुत मिटर नै नराखि जडान गरिएका करिब २० वटा सडक वत्ती बुधबार काटिएकाे गाैरादह प्राधिकरणका प्राविधिक विनाद ठाकुरले बताए ।
विधुत चुहावट तथा अनियमिततालाई नियन्त्रण गर्न प्राधिकरणले अवैधरूपमा जडान गरिएका सडकबत्ती काटेकाे र स्थानिय सरकारले विधुत मिटर राखेर मात्र सडकमा वत्ती जडान गर्न पाउने प्राविधिक ठाकुरले बताए । ‘ विधुत मिटर राखेर सडक वत्ती जडान गर्दा हुन्छ । तर यसरी राख्दा विधुत चुहावट भई कार्वाहीकाे भागीदार हुने हुदा समयमै सचेत हुन हामीले सडक वत्ती काटेका हाैं ‘ – प्राविधिक ठाकुर बताउँछन् । गाैरादह नगरपालिका, कमल गाउँपालिका र गाैरीगंज गाउँपालिकाका विभिन्न वार्डका सडक वत्तीहरू काटिएकाे उनले बताए ।

स्थानिय तहले प्राधिकरणसंग कुनै समन्वय नगरी सडक वत्ती जथाभावी जडान गरेका हुन् । नागरिकलाई आवतजावत गर्न सहज हाेस् भनेर स्थानिय तहले सडक वत्ती जडान गर्न वडा पिच्छै वजेट विनियाेजन गरेकाे छ । तर विधुत मिटर नै जडान नगरी सडक वत्ती जडान गर्नुले स्थानिय सरकारले नै विधुत चुहावट गर्न लागेकाे कतिपयकाे आराेप छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विधुतिय मिटर नै विना सडक बत्ती जडान गर्न नियमले नमिल्ने बताए । प्रत्येक वार्डका वडा अध्यक्षहरूलाई मिटर राखेर सडक बत्ती जडान गर्न अनुराेध गरे पनि त्यस किसिमकाे कार्यान्वय नभएकाे अध्यक्ष श्रेष्ठले बताए । गाैरीगंज गाउँपालिका वार्ड नं.३ मा विधुतिय मिटर राखेर सडक वत्ती जडान गरिए पनि अन्य वार्डमा भने डाईरेक्ट तारमा हुक लाएर सडक वत्ती राखिएकाे छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ४९ बजे