१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पिडित परिवार नगरपालिकाकाे निर्णय सहमत भएन, मृतककाे लास रातभर ढाेका अगाडि नै रहनेे


१३ आश्विन २०७६, सोमबार  

0
Shares

20190930_123318

गाैरादह १३, असाेज / गाैरादह नगरपालिकाले मृतक धनबीर राजवंशीका परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ दिने र ईन्जिनियर सचिन क्षेत्रीलाई तत्काल निलम्बन गर्ने निर्णय प्रति पिडित परिवारले असहमति जनाएका छन् ।
नगरपालिकाकाेे नगरप्रमुख राेहित कुमार साहसहित जनप्रतिनिधि र पिडित पक्षबीच साझ भएकाे वार्तामा नगरपालिकाले पिडित परिवारलाई २ लाख रूपैयाँ दिने र कार्यालयका ईन्जिनियर क्षेत्रीलाई निलम्बन गर्ने निर्णय सुनाए पनि पिडित परिवार सहमत नभएपछि मृतक धनवीर राजवंशीकाे लास अहिले नगरपालिकाकाे मुलढाेका अगाडि नै राखिएकाे छ । नगरपालिकाले भाेली विहान ९ बजे पिडित पक्षसंग थप वार्ता गर्नेे गरि बैठक टुङ्गियाउने जनाएकाे छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ४ : ३० बजे