५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजका ग्रामीण महिलालाई प्याड र पेेेेेन्टी वितरण


३ भाद्र २०७६, मंगलबार  

0
Shares

20190820_135148

गाैरीगंज ३, भाद्र / ग्रामीण महिलाहरूलाई स्तन क्यान्सर र पाठेघर सम्बन्धि राेगबाट बच्ने उपायकाबारे जनचेतना फैलाउने उधेश्यले गाैरीगंजमा सानिटरी प्याड र पेन्टी वितरण गरिएकाे छ ।

गाैरीगंज गाउँपालिकाकाे सभा हलमा आज भएकाे कार्यक्रममा लाएन्स क्लब अफ सेविका, लाएन्स क्लब अफ माउण्ट एभरेष्ट र लाएन्स क्लब अफ दमक युनाइटेडले संयुक्तरूपमा १ सय भन्दा बढी महिलाहरूलाई एक प्याकेट प्याड र २ थान पेन्टी वितरण गरेका थिए ।

महिलाहरूमा महिनावारी हुदाकाे अबस्थामा घरेलु प्याड लगाउदा त्यसबाट हुन सक्ने संक्रमणबाट बच्नेे उपाय र प्याड लगाउदा हुने फाईदाका बारेमा कार्यक्रममा उपस्थित महिलाहरूलाई गाउँ गाउँमा गई त्यसकाे बारेमा जनचेतना फैलाउन आग्रह गरिएकाे थियाे । एरिया काेअर्डिनेटर लाएन्स अजय अग्रवालले महिलाहरूले महिनावारी भएकाे समयमा त्यसकाे सहि व्यवस्थापन हुन नसकेर धेरै महिला दिदी बहिनीहरूकाे ज्यान गएकाेले गाैरीगंजमा पहिलाे पटक प्याड र प्यान्टी वितरण गरेकाे बताए । कार्यक्रम काेअर्डिनेटर वसन्त लक्ष्मी उदासले ग्रामीण क्षेत्रका सिमान्तकृत महिलालाई प्याडकाे प्रयाेेेग र त्यसकाे विसर्जनकाे बारेमा थाहा नहुदा पाठेघर समस्या भई अकाल मै मृत्य हुने गरेकाे बताईन् । सुरक्षित प्याड र पेन्टी पाएका महिलाहरूले गाउँ गाउँमा भएका अन्य महिलाहरूलाई पनि यसकाे उपयाेगिताकाबारेमा जनचेतना फैलाउन आग्रह गरिन् । अधिकांस महिलाहरूमा पाठेघर समस्या हुने र स्तन क्यान्सरबाट पिडित हुने देखिएकाेले लाएन्स क्लबहरूले यस क्षेत्रमा विशेष सहयाेग गर्ने गरेकाे बताईन् । गाैरीगंज गाउँपालिका वार्ड नं ६ कन अध्यक्ष बद्री नारायण यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकी अध्यक्ष फुलबती राजवंशी, लाएन्स क्लब अफ माउण्ट एभरेस्टका अध्यक्ष मनाेज अग्रवाल, लाएन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष सन्दीप बस्नेत, दिनेश अग्रवाल, प्रकाश गजमेयर, ज्ञानु बुढाथोकी, दिपा अधिकारी, साेेनुु वस्नेत, मैना दाहालगायतकाे उपस्थिति थियाे । कार्यक्रमकाे अध्यक्षता लाएन्स क्लब अफ सेविकाकी प्रिसिडेन्ट रिता बस्नेत श्रेष्ठले गरेकी थिइन् भने सञ्चालन लाएन्स संजय श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ८ : ०७ बजे