५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरादहमा ट्रस व्रिज निर्माण भएपछि स्थानिय लाभान्वित


६ श्रावण २०७६, सोमबार  

0
Shares

 

trust bridge 1
गौरादह ६, साउन / गौरादह नगरपालिका वार्ड नं. ४ बस्ने कृष्णमाया लिम्बुलाई वर्षा लागेपछि गौरादह बजार कसरी पुग्ने भन्ने चिन्ताले सताउने गर्दथ्यो । मेलापात र घरायसी समानको जोहो वर्षा लाग्न एक महिना अघिदेखि नै गौरादह बजारबाट ल्याउनु पर्ने सामानको बन्दोवस्ती गर्थिन । तर गौरादह नगरपालिकाको वार्ड नं. ४, ३ र १ जोड्ने संगम स्थान गेउरिया खोलामा गैरी गाऊ ट्रस वृज यसवर्ष निर्माण भएपछि कृष्णमाया दङ्ग छिन् । वर्षायाममा कम्मर कम्मर पानीमा खोला तरेर गौरादह बजार पुग्ने बाध्यताबाट मुक्त्त भएपछि उनीलाई गौरादह बजार मात्र होइन अन्य स्थानमा पनि पुग्न सहज भएको छ । उनले भनिन् – ‘यो व्रिज निर्माण भएपछि यस क्षेत्रका बासिन्दाहरुका लागि यो वरदान सावित भएको छ ।’
यो ट्रस व्रिज निर्माण भएपछि चाप्रामारी, स्कुलचौन, दामुनालगायतका स्थानियवासीहरु लाभान्वित भएका छन् । गौरादह नगरपालिकाले २२ लाख८७ हजार ९ सय रुपैया“को लागतमा उत्त ट्रस व्रिज निर्माण गरेपछि स्कुले विद्यार्थी, किसान, व्यापारी, सर्वसाधारणलगायत लगभग दैनिकरुपमा एक हजार भन्दा बढी मानिसहरु ओहोरदोहोर गर्ने गरेको स्थानिय फुलमाया लिम्बु बताउ“छिन् । ‘यो व्रिज नबन्दा हामीलाई धेरै नै कठिन हुन्थ्यो ओहोर दोहोर गर्न, गौरादह बजारसंग हाम्रो सम्बन्ध नै छुट्थ्यो वर्षायाममा उनले थपिन – ‘कि त ज्यानको बाजी नै लगाएर छाती र कम्मर भरी पानीमा खोला तर्नुपथ्र्यो होइन भने ३ किलो मिटर परबाट घुमेर गौरादह बजार पुग्नु पथ्र्यो ।’ बिरामी, असक्त्त, अपाङ्ग, वृद्ववृद्वा, केटाकेटीलाई यो व्रिजले धेरै नै सहयोग गरेको उनले बताइन् ।
सहारा नेपाल र ट्रायल व्रिज सपोर्ट युनिटको प्राविधिक सहयोगमा निर्माण भएको ट्रस व्रिजको सर्भे, डिजाइन स्टिमेट तयार र उपभोत्ता समिति गठन सहारा नेपालले गरेको थियो ।
गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले वर्षौदेखि स्थानिय वासिन्दाहरु वर्षायाममा दुःख खेप्दै आएको हु“दा उक्त स्थानमा व्रिज निर्माण गरेको बताउनुभयो । दामुना, चाप्रामारी, स्कुलचौनका स्थानियहरुको लागि गौरादह बजार जाने मुख्यबाटो रहेको उक्त स्थानमा गेउरिया खोला तर्न भरपर्दो पुल नभएको ह“ुदा नगरपालिकाले व्रिज निर्माण गरिदिएको मेयर साहले बताउनुभयो ।
उपभोत्ता समितिको ४५ हजार ७ सय ५८ रुपैया“को सहभागितामा सम्पन्न उक्त व्रिजमा ७ लाख ७४ हजार २ सय ६२ रुपैया“को फलामे सामग्री फेव्रिकेशन रहेको समितिका अध्यक्ष शान्तिराम पौडेलले जानकारी दिनुभयो । गत मंसिर महिना देखि सुचारु भएको सो व्रिजबाट पैदलयात्री, साइकल, मोटरसाइकल, सिटी सफारीलगायतका यातायात सवारीहरु आवजतजावत गर्ने गरेको अध्यक्ष पौडेलले बताउनुभयो । २० मिटर लम्बाई भएको उक्त व्रिजको चौडाई ४ फिट रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : ४३ बजे