५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आठमौजा छोटी भन्सार कार्यालय गौरीगञ्जमा अघिल्लो बर्ष भन्दा तीन गुणा बढी राजस्व संकलन


२ श्रावण २०७६, बिहिबार  

0
Shares

gauriganj-vansar1

गौरीगञ्ज  २, साउन  /   झापाको आठमौजा छोटी भन्सार कार्यालय गौरीगञ्जले आर्थिक बर्ष ०७५/०७६मा अघिल्लो बर्ष भन्दा तीन गुणा बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यलयले आर्थिक बर्ष ०७४/०७५को भन्दा ०७५/०७६मा तीन गुणा बढी राजस्व संकलन गर्न सफल भएको हो । आर्थिक बर्ष ०७४/०७५मा २ लाख २६ हजार ३ सय ८० राजस्व संकलन भएकोमा आर्थिक बर्ष ०७५/०७६मा ६ लाख १४हजार ५ सय १० रुपयाँ राजस्व संकलन गरेको छ ।

झापा जिल्लाको पश्चिम दक्षिणमा भारत संग सिमाना जोडिएको गौरीगञ्ज नाकाबाट सामानहरु आयत निर्यात बढेपछि राजस्व बढ्न गएको हो । आर्थिक बर्ष ०७५/०७६मा सबैभन्दा बढी मंसिर महिनामा ८४ हजार ७ सय ३५ र सबैभन्दा कम बैशाख महिनामा २० हजार ६ सय ६६ रुपयाँ उठेको भन्सार कार्यालय गौरीगञ्जले जनाएको छ ।

भारतको सिमावर्ती बिहारबाट नेपाल तर्फ ब्यापार ब्यवसाय गर्न आउने ब्यापारीहरु र नेपालका ब्यापारीहरुबाट सामान आयात निर्यातमा बृद्धी भएपछि र भन्सारका कर्मचारीहरु सामान आयात निर्यातहुने नाकाबाट भन्सार काट्न थालेपछि राजस्व बृद्धीभएको भन्सार कर्मचारी देवी ढुंगाना बताउछन् । राजस्व बृद्धीमा शसस्त्र प्रहरीबल सिमा सुरक्षा बेसक्याम्प गौरीगञ्जले सिमा क्षेत्रमा सक्रियता बढाई चेकजाँचमा कडाइ गरेपछि राजस्व बृद्धीमा टेवा पुगेको शसस्त्र प्रहरी गौरीगञ्जका इन्चार्ज दीपक खड्का बताउछन् ।

भारतबाट नेपालतर्फ चिनी, लसुन, प्याज, माछा, कपडा तथा मेसीनरी पार्टपुर्जा लगाएतका सामानहरु आयात हुनेगरेको छ । नेपालबाट भारततर्फ पछिल्लो समयमा गोरु निकासि हुनेगरेको छ । नेपालबाट भारततर्फ जाने बैरिया र फत्तेपूर दुईवटा नाका भएकोे तर भन्सार भने एकै स्थानमा रहेकाले अझैपनि सोचे अनुसारको राजस्व संकलन नभएको स्थानीय बासिहरु बताउँछन् । गौरिगञ्ज उद्योग वाणिज्य संघका मखना महतो गैदारले यस क्षेत्रको ब्यापार ब्यवसाय बढाउन र राजस्व संकलन गर्न छोटी भन्सारलाई स्तर उन्नती गरी मुख्य भन्सार बनाउन आवस्यक रहेको बताउछन् ।

यस क्षेत्रको दुवै स्थानमा भन्सारका कर्मचारीहरुले भन्सार काट्ने र भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल प्रवेश गर्दा पटके पुर्जी काट्ने इजाजत हुनेहो भने लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सकिने गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउछन् । नेपालबाट भारत बिहारको सिमाक्षेत्र तर्फ जाने सडकहरु कालोपत्र तथा स्तरउन्नती भैरहेकोले यतायातमा थप सहजता भएपछि राजस्व संकलनमा अझै बृद्धीहुने गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा बताउछन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ७ : ५६ बजे