२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गौरीगंजमा २६ घर डुबानमा सयौं घर परिवार उच्च जोखिममा


२७ असार २०७६, शुक्रबार  

0
Shares

badi khola

गौरीगंज २७, असार /  चार दिनदेखि लगातार देशभर वर्षा जारी रहेको र देशका केही स्थानमा अझै धेरै ठूलो वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार )खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी र पूर्वका तराई र मध्य पहाडका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ   ।
यता  भारी वर्षाका कारण गौरीगंज गाउँपिालिका हुदै बग्ने खोलाहरुमा आएको बाढीबाट गौरीगंजमा २६ घर डुबानमा परेका छन् भने   सयौं  घर परिवार उच्च जोखिममा रहेका छन् ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले गाउँपालिकाका अधिकांश स्थान डुबान र बाढीको उच्च जोखिममा रहेकाले रबरको ढुंगा नै खरिद गरेर पूर्व तयारीमा रहेको जानकारी दिए । उनले जस्तो सुकै विपद आइपरे पनि गाउँपालिका तयारीमा अवस्थामा रहेको जानकारी दिए ।

बाढीको उच्च जोखिम भएको स्थानमा रहेका बासिन्दा र तिनीहरुको सुरक्षित वासस्थान स्थान्तरण तथा सुरक्षाका लागि अहिले इलाका प्रशासन कार्यालय गौरीगंजमा छलफल भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । छलफलमा इलाका प्रशासन कार्यालयका प्रमुख, गौरीगंज गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता छ । गाउँपालिका हुदै वग्ने खोलाहरु रतुवा, गेउरिया, किष्णे, कन्काईलगायतका नदीहरुमा पानीको बहाव वढ्दै गएको जनाइएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ मा कन्काई नदीको पानीले भन्सार बालुवाडी गाउँमा ७ घर डुबानमा परेको छ भने होकलवाडी पूर्व कन्काई नदीले तटबन्धनको बाँध कटान गरिरिहेको वडा नं.१ का अध्यक्ष कार्तिक लाल राजवंशीले बताए । त्यस कटानलाई रोकथाम गर्न स्थानियवासी लागिपरेका छन् । त्यसैगरी कुञ्जिवारी बजार पश्चिम संथालबस्तीका १२ घर डुबानमा परेको छ । बाढी पिडित स्थानियहरुलाई स्थानान्तर गर्न व्यवस्था गरिरहेको अध्यक्ष राजवंशीले बताए । यता रतुवा खोलामा आएको बाढीबाट गौरीगंज गाउँपाबिलका वार्ड नं. ५ को श्यामटोलीका ७० घर उच्च जोखिममा रहेको वडा सदस्य राजेन्द्र ताजपुरियाले बताए । गन्गाई, राजवंशी समुदायका मानिसहरु बसोवास गर्नै उत्त बस्तीतिर खोलाले कटान गर्दै आएको वडा सदस्य ताजपुरियाले बताए । त्यसैगरी गौरीगंज गाउँपालिका वार्ड नं. ६ टिनटोलिया टोलमा गेउरिया खोलामा आएको बाढीबाट ७ घर डुबानमा परेको छ । टिनटोलिया गाउँका डुबानमा परेका ४ घर परिवारलाई स्थानान्तरण गरिएको वाड नं.६ का वडा सदस्य उदिम कुमार राईले बताए । उत्त खोलामा आर्एको बाढीबाट १० घर उच्च जोखिममा रहेको जनाइएको छ ।

 

२४ घण्टासम्म भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले २४ घण्टासम्म देशको पूर्व र मध्य क्षेत्रमा भारी बर्षा हुने बताएको छ। पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा भारि वर्षा हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले सो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत भनेको छ। मौसमका कारण देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने पूर्वानुमान महाशाखाको छ।

आज दिनभर भारी वर्षा रहे पनि केही स्थानमा स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको आगामी तीन दिनसम्मको मौसम अनुमान यस्तो छ ।
असार २७ गते (शुक्रबार )
दिउसोः देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहमा अति भारी वर्षासमेत हुनेछ । देशका केही स्थानमा हावाहुरीको सम्भावनासमेत छ ।
रातिः देशभर अधिकांश बदली रही धेरैजसो स्थानमा वर्षा हुनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।
असार २८ गते (शनिबार)
दिउँसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षा समेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना छ ।
रातिः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षा समेत हुनेछ । साथै देशको केही स्थानमा हावाहुरीको सम्भावना छ ।
असार २९ गते (आइतबार )
दिउसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ ।
रातिल् देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : ३५ बजे