६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

महिला सशक्तीकरण गाैरीगंजकाे ३ महिने विधुत जडान तालिम शुरू


६ बैशाख २०७६, शुक्रबार  

0
Shares

e5269fdb1aab735dba1a198582d6a3e9.0
गाैरीगंज ६, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछीमा विधुत जडान सम्वन्धि ३ महिने तालिम शुरू भएकाे छ ।
युवाहरूलाई राेजगारीका अवसर सिर्जना गर्ने उधेश्यले सञ्चालन गरिएकाे तालिममा कार्यक्रमका प्रमुख अतिथि तथा गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजकाे आयाेजनामा सञ्चालन गरिएकाे तालिममा गाउँपालिका भित्रका २० जना सहभागी भएका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरकाे आर्थिक र प्राविधिक सहयाेेगमा गरिएकाे तालिममा संस्थाका सहायक प्रशिक्षक वर्जलाल धिमालले प्रशिक्षण गर्दै छन् । तालिममा सहभागीहरूलाई विधुत जडान तथा घर वायरिङ्ग सम्बन्धि सैधान्तिक तथा व्यवहारिक सीप सिकाईने संस्थाका कर्मचारी राजकुमारले जानकारी गराए ।
राष्ट्रिय महिला सशक्तीकरण संस्थाकी अध्यक्ष फुलबती राजवंशीकाे सभापतित्वमा सञ्चालन भएकाे तालिम कार्यक्रममा वार्ड नं. ६ का अध्यक्ष वद्रीनारायण यादव, प्रशासकि अधिकृत राजकुमार शाक्य, साना किसान कृषि सहकारी खजुरगाछी अध्यक्ष डिककुमारी ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाकि उपाध्यक्ष सर्मला राजवंशीले स्वागत मन्तव्य राखेकीथिइन भने सचिव पुष्पलता राजवंशीले कार्यक्रम सञ्चालन गरृकी थिईन् । त्यसैगरी महिला सशक्तीकरण संस्थाले गाैरीगंज गाउँपालिका वार्ड नं १ काे महाभरामा आधारभुत सिलाई कटाई तालिम सञ्चालन गरेकाे छ । गाैरीगंज गाउँपालिकाकाे आर्थिक सहयाेगमा सञ्चालन गरेकाे तालिम तीन महिनासम्म सञ्चालन हुने संस्थाकि अध्यक्ष फुलवती राजवंशीले जानकारी गराईन् । गाैरीगंज गाउँपालिकाकाे दुर्गम स्थानमा रहेका वेराेजगार युवा युवतीहरूमध्ये १८ जनालाई राेजगारीका अवसर सिर्जना गर्न तालिम सञ्चालन गरिएकाे सशक्तीकरणकअं उपाध्यक्ष सर्मिला राजवंशीले जानकारी गराइन् । संस्थाले आयाेजना गरेकाे ३ महिने फेसन डिजाइन तालिम सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिकाकाे आर्थिक सहयाेगमा सञ्चालन गरेकाे तालिममा गाउँपालिका भित्रका २० जना सहभागी भएका थिए । कार्यक्रमकाे समापनकाे अवसरमा सहभागीशरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
b859acc3b5e23917753dedc9f1071bd0.0
b859acc3b5e23917753dedc9f1071bd0.0
b5f4d1f7325cf5d4973c4fce1fc93cbe.0
82481fdb58bd27d53b8ef7c46bf4364d.0
a5bd331eaf0d9fff0a9505ff127cec32.0

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : ०३ बजे