३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

नेपाल शिक्षक संघ गाैरीगंजकाे पहिलो गाउँ परिषद सम्पन्न, तीन पुर्व शिक्षकलाई सम्मान


१८ फाल्गुन २०७५, शनिबार  

0
Shares

20190302_174206

गाैरीगंज १८, फागुन / नेपाल शिक्षक संघ गौरीगञ्जको पहिलो गाउँ परिषद आज सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नंं ३ स्थित गौरीगञ्ज आधारभुत बिद्यालयमा सम्पन्न पहिलो गाउँ परिषदमा तीन जना अबकाश प्राप्त पुर्व शिक्षकलाई सम्मान गरिएकाे छ ।

नेपाल शिक्षक संघ गौरीगञ्जका अध्यक्षन गोपाल प्रसाद ताजपुरियाको सभापतित्वमा भएकाे कार्यक्रममा बालकल्याण माबि महाभाराका पुर्व प्रअ भोला खतिवडा, सरस्वती आबिका पुर्व प्रअ सर्बलाल मण्डल र भगवती आबिका पुर्व प्रअ माेहन ठाकुरलाइ सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष नेत्र खरेल, नेपाल शिक्षक महासंघका जिल्ला सचिब तोया दाहाल, महासंघका प्रदेश प्रतिनिधि प्रकाश भण्डारी, जिल्ला सहसचिब हरि राजवंशी तथा महासंघका गौरीगञ्ज अध्यक्ष हरिलाल यादव लगायतको उपस्थिती थियो ।
गाैरीगंज गाउँपालिका वडा नं २ का वडाध्यक्ष अग्नु राजवंशी,वडा नं ३ का वडाध्यक्ष मखना महतोलगायतले अबिर तथा खादा ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ११ : ५७ बजे