४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज गाउँपालिकाले विपन्नलाई निर्माण गरिदिने घरकाे शिलान्यास, ३५ परिवारलाई आवास निर्माण गरिदिने


११ पुस २०७५, बुधबार  

0
Shares

20181226_145704
गाैरीगंज ११, पुस / गाैरगंज गाउँपालिकाले विपन्न तथा दलित परिवारलाई घर निर्माण गर्ने भएकाे छ ।
गाैरीगंज गाउँपालिका र ह्यविटेड संस्थामार्फत सहारा नेपालकाे संयुक्त लगानीमा ३५ विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने सहमति भएकाे हाे । घर निर्माण गर्ने क्रममा साेमबार गाैरीगंज गाउँपालिका वार्ड नं ६ दमाई डाडामा शिलान्यास गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले दमाई डाडाका जेष्ठ दलबहादुर विक जुगेंकाे घर शिलान्यास गरेर आवास निर्माणकाे कार्य शुभारम्भ गरेका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं ४ काे बेलगाछी बालुगाउ सतार बस्तीमा ११ घर , वार्ड नं ५ काे हरिराकाे मुसहरबस्तीमा १२ घर र वार्ड नं६ काे दमाई बस्तीमा ८ र अन्य घरलाई एकीकृत वस्ती याेजना अन्तर्गत गाउँपालिकाले सहारा नेपालसंग सहकार्य गरेर १ लाख ५० हजार रूपैयाँकाे लागतमा घर निर्माण गर्न लागिएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले भने – ‘ याे पहिलाे चरण भएकाेले ३५ घर मात्र निर्माण गर्न लागिएकाे हाे, याे याेजनालाई क्रमिकरूपमा अगाडि बढाउने छु ।’ घर निर्माणका लागि प्रत्येक परिवारलाई १ लाख ५० हजार रूपैया मध्ये ७५ हजार रूपैयाँ गाैरीगंज गाउँपालिका र ७५ हजार सहारा नेपालले संयुक्त लगानी गर्ने सहमति भएकाे अध्यक्ष श्रेष्ठले बताए ।
जग्गा नभएका परिवारलाई जग्गा उपलब्धताका लागि गाउँ पालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताए । गाैरीगंज गाउँपालिकामा काेही पनि घरवारविहीन नहाेस भन्ने उधेश्यले याे याेजना अघि बढाएकाे र दाेस्राे चरण अन्तर्गत अन्य वडामा पनि याे याेजना लागू गरिने उनले बताए ।
३ काेठे एकै डिजाइनका घर निर्माण हुन लागेकाे र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्री बाहेक उपभोक्ताहरू अाफै घर निर्माणमा लाग्नु पर्ने सहारा नेपाल गाैरीगंज सेवाकेन्द्रका म्यानेजर उमेश भारतीले बताए । शिलान्यास कार्यक्रममा दमाई डाडाका जेष्ठ नागरिकलाई सम्मानित गरिएकाे थियाे ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, ह्याविटेट नेपालका कार्यक्रम अधिकृत एकराज पाेख्रेल, ईन्जिनियर सराेज चाैधरी, राष्ट्रिय महिला शसक्तिकरण गाैरीगंजका
अध्यक्ष फुलबत्ती राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारी, जेठा मुर्मु , वडा सदस्य उदिम कुमार राई,मुकेश साह, रमकुमारी विक, आठमाैजा ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष अर्जुन दंगाल, नेकपाका लक्ष्मी पाठक, राजपाका पर्वत राजवंशी,राप्रपाका सहदेव खड्कालगायतकाे उपस्थिति थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं ६ का वडा अध्यक्ष बद्रीनारायण यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन गाउँपालिका प्रतिनिधि विरेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  ९ : १६ बजे