४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

झापा र सुनसरीका बिध्यालयहरुमा पाइलट प्रोजेक्ट अाँखा सिविर


२३ आश्विन २०७५, मंगलबार  

0
Shares

युबराज रेग्मी गौरादह २३, असोज /
अर्बिस इन्टरनेसनल अमेरिकाको सहयोग अन्तर्गत नेपाल नेत्रज्योति संघ काठमाडौ र मेची अाँखा अस्पताल बिर्तामोड झापाको साझेदारीमा ३ बर्सिय आँखा परिक्षण परियोजना REACH ( Refractive Error Among School Children ) भन्ने बिध्यालय अाँखा जाँच कार्यक्रम नेपालमा पहिलो पटक झापा र सुनसरि जिल्लामा सन्चालन हुदैछ । ६ देखि १८ बर्स उमेर समुहका बिध्यार्थीको अाँखा जाँच गरिने उक्त परियोजना सन २०१८ देखि सन २०२१ सम्म सन्चालन गरिने छ । कार्यक्रममा सन २०१८ मा ३३ हजार र ३ वर्ष भित्रमा २ लाख ५० हजार बिध्यार्थीहरुको अाँखा परिक्षण गरिने लक्ष्य रहेको उक्त कार्यक्रमका कार्यक्रम सम्योजक तथा मेची अाँखा अस्पतालका स्वास्थ्य शिक्षक प्रशिक्षक युबराज बोहोराले जानकारी गराएका छन । मेची अाँखा अस्पतालले उक्त कार्यक्रम झापा जिल्लाको गौरादह नगरपालिकाका बिध्यालयबाट असोज ७ गते देखि सुरुवात गरि आज २३गते सम्ममा १२ वटा बिध्यालयहरु सिबिर सम्पन्न भैसकेको र ५००० बिध्यार्थीहरुको आँखा परिक्षण गरिसकिएको छ । कार्यक्रमको पहिलो चरणको अन्तिम सिबिर अन्तर्गत आज गौरादह नगरपालिकाको श्री डोरामारी माध्यमिक बिध्यालयका २३४ बिध्यार्थिको अाँखा जाँच गरिएकोमा ९ जना बिध्यार्थीलाई नि:सुल्क चस्मा बितरण गरिएको छ र ८ जना बिध्यार्थी लाई थप उपचारका लागि मेची अाँखा अस्पताल बिर्तामोड रिफर गरिएको थियो । आगामी दिनको कार्यक्रमका लागि गौरिगन्ज पालिका बनियानी र दमक नगरपालिकामा कार्यक्रम गर्न सम्झौता भैसकेको र यस परियोजना अन्तर्गतको कार्यक्रम भारत पस्चात नेपालको झापा र सुनसरी जिल्लामा पहिलो पटक सन्चालन हुदैछ । झापा र सुनसरी जिल्लामा कार्यक्रम सफल भए पस्चात नेपाल अधिराज्य भरका सम्पुर्ण जिल्ला हरुमा परियोजना सन्चालन गरिने कार्यक्रमको लक्ष्य रहेको मेची आँखा अस्पतालका प्रसासकिय प्रमुख सुरज रौनियारले जानकारि दिएका छन । कार्यक्रमलाइ प्रभाबकारि बनाउन सहजिकरणका लागि अर्बिस ईन्डियाका कार्यक्रम निर्देसक ऋषिराज बोराहा ,अर्बिस रिच परियोजना नेपालका कार्यक्रम ब्यबस्थापक अभिषेक झा ,नेपाल नेत्र ज्योती संघका प्रोग्राम एसोसिएट रन्जन झा ,मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुसोतम जोशी ,रिच प्रोजेक्ट मेचीका कार्यक्रम ब्यबस्थापक प्रसान्त श्रेष्ठ ,मेचि आँखा अस्पताल प्रशाशक सुरज कुमार रौनियार सहित १८ जनाको प्राबिधिक टोलि सिबिर सन्चालनार्थ खटिएको थियो । गौरादह नगरपालिकामा सन्चालन गरिएको कार्यक्रममा बिध्यार्थीलाइ गरिएको स्वास्थ्य सेवा सिबिर अबधिमा अभिभावक तथा शिक्षक बर्गले सकारात्मक पृष्ठपोसण दिएको कार्यक्रम सम्योजक युबराज बोहोराले बताए । स्थानिय निकायको स्थापना भएपनी आँखा सिबिर सन्चालनमा जिल्ला तथा केन्द्र तह बाटै सम्पुर्ण लगानी गर्नुपर्ने भएको, कर्मचारीहरुको तलब भत्ता जिल्ला तह बाटै ब्यबस्था गर्नु परेकोले स्थानिय निकायलेनै यस्ता छेत्रमा ब्यबस्था गरिए आँखा जस्तो गम्भिर अंग कमजोर हुन बाट समयमै जोगाउन सकिने तथा सन्चालित परियोजनाले दीर्घकालीन समस्या समाधान गर्न नसक्ने हुनाले स्थानिय निकाय नै अग्रसर हुनु पर्ने बताउदै सस्थाले यहि बिहिबार बिश्व दृस्टी दिवसको अबसर पारेर ” आँखा सेवा सबैका लागि सधैका लागि ” भन्ने नाराका साथ झापा जिल्ला यात्रा गराउने सम्पुर्ण सबारि चालक हरुलाई लक्ष्यित गरि बिर्तामोड बस पार्कमा निसुल्क आँखा सिबिर सन्चालन गरिने मेचि आँखा अस्पतालका प्रसासकिय प्रमुख सुरज रौनियारले जानकारी गराएका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  १२ : २० बजे