३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

५ जना महिलालाई सम्मान गर्दै मनायाे महिला संघले तीज


२७ भाद्र २०७५, बुधबार  

0
Shares

20180912_124618

गाैरीगंज २७, भदाै / नेपाल महिला संघ गाैरीगंजले ५ जना महिलाहरूलाई सम्मान गर्दै अाज तीज विशेष कार्यक्रम मनाएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ३ मुल चाैक पुर्व भव्य कार्यक्रमकाे अायाेजना गरि महिलाहरूकाे क्षेत्रमा विशेष याेगदान गर्नु हुने ५ जना महिलाहरूलाई सम्मान गरेकाे हाे । सम्मानित हुनेहरूमा लक्ष्मी दास, मालवत्ती गिरी,श्यामा भट्टराई, हेमा रायमाझी र कविता राजवंशी छन् । उनीहरूलाई गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र थापा र वार्ड नं ३ का वडा अध्यक्ष मखना महताेले सम्मान गरेका थिए ।
कार्यक्रममा स्कुले विध्यार्थीहरूले नृत्य तथा विभिन्न महिला समुहका सदस्यहरू तीज गीतमा नृत्य गरेका थिए ।
महिला संघ गाैरीगंजकी अध्यक्ष हेमा अाचार्यकाे सभापतित्वमा अायाेजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य फुलबती राजवंशी, वार्ड अध्यक्ष मखना महताेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन कल्पना थापाले गरेकी थिइन ।

20180912_132140
सम्मानित महिलाहरू
20180912_130811
कार्यक्रममा महिलाहरू नाच्दै

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार  १० : १० बजे