३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

ठुलाे परिणामसहित काकँडभिट्टा नाकाबाट एकजना पक्राउ


२६ भाद्र २०७५, मंगलबार  

0
Shares

baramad-saman-1i
झापा २६, भदौ /
प्रहरीले झापाको पूर्वीे नाका काकँडभिट्टाबाट ठूलो परिणामको सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ चोरी निकासीको माध्यमबाट करिव ४ लाख मुल्य बराबरको सामान ओसारपोसार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका ६ निवासी ५० बर्षीय कृष्णकुमार राईलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारदिए । उनका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले भारततर्फ चोरी पैठारी गरी लैजाँदै गरेको अबस्थामा चार सय किलो मरिच, तीन बोरा चुरोट र एक बोरा कस्मेटिकका सामान बरामद गरेको थियो । उक्त सामान ओसारपोसारमा संलग्न भएको आरोपमा राईलाई पक्राउ गरिएको बताइएको छ । त्यसैगरी मेचीनगर नगरपालिका ७ स्थित नकलबन्दाबाट आइतबार राती नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १ लाख ३० हजार मूल्य बरावरका १७ वटा गोरु बरामद गरिएको छ । बरामद गरिएको सामान र चौपायालाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  १ : ४४ बजे