३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सहकारिको सभामा सेयर धनीलाई सास्ती , हलमा कुर्सी खाली बाहिर लाम


२२ भाद्र २०७५, शुक्रबार  

0
Shares

e34ef482506ddb8666e9bd2a65ebe4bd.0 युबराज रेग्मी गौरादह २२, भाद्र /
गौरादहमा सहकारीको नाममा अब्बल सस्था श्री सुभ लक्ष्मी सहकारी सस्थाको आज २०औ बार्सिक साधारण सभा सामुदायिक भबनमा सम्पन्न भएको छ । सहकारीको इतिहासमा झापा जिल्लामै पहिलो पटक प्रबिधी भित्र्याउन र जिल्लामै उत्कृष्टता प्राप्त गर्न सफल यस श्री सुभ लक्ष्मी सहकारी सस्था लि गौरादहमा शेयर सदस्यहरुले भने आफूहरुलाई साधारण सभामा सास्ती भएको गुनासो ब्यक्त गरेका छन ।
साधारण सभामा उपस्थित भए बापत र चाडपर्वको लागि भनी प्रत्येक सेयर सदस्य लाई रु १००० बराबरको सपिङ कुपन लिन घन्टौ सम्म लाम बस्नु परेकोले हैरानी भएको सेयर सदस्यहरुले बताए। उक्त सपिङ भौचर पनि सोहि सहकारी सस्थाको सुफत मुल्यको पसलमा मात्र प्रयोग गर्न सकिने प्राबधान छ ।
समान दरका सेयर हिस्सा खरिद गर्ने सेयर सदस्यहरुकै लगानिको प्रतिफल लिन लाइनमा बस्नु पर्ने झन्टझलाई मुक्त गर्न सम्बन्धित सदस्यहरुकै खातामा उक्त रकम जम्मा गरिदिए सजिलो हुने अधिकांंस सेयर सदस्यहरुको भनाई थियाे ।
सभाहलमा कार्यक्रम सुचारु रहदा सयौ कुर्सीहरु खाली थिए भने बाहिर अधिकांससदस्यहरु लाइनमा तचाड्मचाड गरिरहेको दृस्य भने सारै शाेभनिय देखिन्थ्यो !

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  ११ : ५० बजे