३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापामा सुदृढ शान्ति सुरक्षा अभियान शुरु


२१ भाद्र २०७५, बिहिबार  

0
Shares

40935995_1782985181827138_8797486159274967040_n-768x459

दमक २१,भदौ/ झापामा सुदृढ शान्ति सुरक्षा स्थापना गर्न प्रहरीले अभियान थालेको छ । जिल्लाको सुरक्षा व्यवस्था सुढृण गर्ने उद्देश्यले सुरक्षा लक्षित अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले बताए ।
इलाका प्रहरी कार्यालय दमकमा विहिबार आयोजित एक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभियानको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ दाहाल

उनले अभियानको शुभारम्भ गर्दे यस अभियानले जिल्लाको सुरक्षा व्यवस्थामा अपेक्षित परिणाम आउने विश्वास व्यक्त गरे । प्रत्येक व्यक्तिले पहिला आफै आफनो सर्तकता अपनाउन सके सुरक्षा चिन्ता नआउने भन्दै प्रजिअ दाहालले भने ,– ‘नागरिकको सुरक्षा मजवुत बनाउन प्रहरीसंगै जनताले हातेमालो गर्नुपर्छ ।’ यस अभियान सुढृण सुरक्षा निर्माणका लागि महत्वपूर्ण भूमिका हुने बताउदै प्रजिअ दाहालले यसबाट अपराध विनाको समाज निर्माणमा अभियानले सकरात्मक सार्थकता पाउने दावी समेत गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ढकालले अभियानको सातवुदे योजना सार्वजनिक गरेका थिए । अभियान अन्तर्गत जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षा व्यवस्था मजवुत बनाउने विभिन्न योजनाहरु सञ्चालन हुने उनले जानकारी दिए । अव प्रहरीले विषयगत सुरक्षाको व्यवस्थापन गर्न यस अभियान लक्षित हुने उनको भनाई थियो । त्यसका लागि प्रहरीले बैकिङ सुरक्षामा कार्यरत १ हजार जना गार्डलाई सुरक्षा बन्दोवस्ती तालिम दिने एसपी ढकालले बताए ।

उनले नजिकिएको दशै तिहार जस्ता चाडपर्वहरुमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न बैकिङ सुरक्षा सम्बन्धी सुरक्षा रणनीति समेत ल्याउने जानकारी दिए । उनले जिल्लाका १५ वटै स्थानीय तहमा जिल्ला भित्रका सुरक्षा यूनिटमार्फत स्थानीय सरकार र सरोकारवाला पक्षहरु वीच समन्वय गरेर अभियानलाई प्रभावकारी वनाउने बताए । उनले भने ,–‘ यस अभियानले कम्तिमा दुई महिना भित्रमा जिल्लाभित्र सुढृण सुरक्षा बन्दोवस्तीको प्रत्याभूत हुने छ ।’

अभियान शुभारम्भमा बोल्दै नगर प्रमुख रोमनाथ ओलीले जिल्लालाई भय तथा अपराध विनाको समाज निर्माणमा प्रहरीसंगै जनताले संगै काम गरे मात्र त्यसले मात्र सकरात्मक परिर्वतन ल्याउने बताए । जिल्लास्थित शसस्त्र प्रहरी वलका एसपी रेशम कुमार थक्सु, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, प्रहरी अधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा दमकमा रहेका बैकर तथा सञ्चारकर्मीहरुले अभियानका बारेमा आ–आफनो जिज्ञासा राखेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  २ : ५२ बजे