१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोचिला राष्ट्रिय मुक्तिमोर्चाको ११ सदस्यीय तर्दथ समिति गठन



हल्दीबारी । 

नेकपा (माओवादि केन्द्र) निकट कोचिला राष्ट्रिय मुक्तिमोर्चाको हल्दिबारीमा भेला सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय कार्यालय सदस्य खगेन राजबंशीको संयोजकत्वमा भएको भेलामा पार्टीका नेता तथा मोर्चाका सचिव कृर्तिकुमार राजबंशीको प्रमुख आतिथ्य रहेको थियो ।

 कार्यक्रममा पार्टीका गाउँपालिका उपाध्यक्ष तथा हल्दीबारी वडा नं. २ का वडाध्यक्ष सुकलाल राजबंशी, उपाध्यक्ष सरस्वती चम्लागाई, वडासदस्यहरु गणेश मगर, रचना कुलुङ, अम्बिका तोलाङगि पार्टीका वडा सचिव सारदा चम्लागाईलगायतको उपस्थितिमा रहेको थियो । 

भेलाले बिजयकुमार राजबंशीको संयोजकत्वमा ११ सदस्य तदर्थ समिति गठन गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ३ : ३८ बजे