४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश सरकारकाे निर्णयलाई अवज्ञा गरेकाे भन्दै कार्यालयमा तालाबन्दी


१० भाद्र २०७५, आइतबार  

0
Shares

20180826_164253

जनकपुरधाँम १०, भदौ / प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून (गृह) मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा ताला लगाएका छन् । आफूहरु केन्द्र सरकारको निकाय भन्दै प्रदेश सरकारले गरेको निर्णयलाई आवज्ञा गरेपछि गृह मन्त्री स्वयंले नै जनकपुर स्थित राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

‘प्रदेशको भूमीमा रहेको जुनसुकै कार्यालयले प्रदेश सरकारको निर्णय मान्नुपर्छ’ नागरिक टाइम्ससंगको साक्षिप्त प्रतिकृयामा यादवले भने- ‘प्रदेशको निर्णय नमान्ने हो भने यहाँबाट कार्यालय सारे हुन्छ । अन्यथा यसप्रदेशको एक-एक निर्णय प्रत्येक कार्यालयले मान्ने पर्दछ ।’ उनका अनुसार प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन् । संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७५, आइतबार  ११ : ०४ बजे