१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कर्मचारी छनौट समितीमा खैलाबैला‚ दुई सदस्यले दिए राजिनामा


२२ माघ २०७४, सोमबार  

0
Shares

image

मदन राजवँशी मनपींत

गौरीगँज २२ माघ / बिना कारण सिभिल र सव इन्जिनियरको परिक्षा शनिवार स्थगित गरेपछी गौरीगँज गाउपालिकाको कर्मचारी छनौट समितीमा खैलावैला मच्चिएको छ । छनौट समितीकै सदस्यहरुलाइ जानकारी नै नगराइ विना कारण समितीका सँयोजक राजेन्द्र पोखरेलले परीक्षा स्थगित गरेको भन्दै आज छनौट समितीका दुइ सदस्य कुलप्रसाद गिरी र अघनु राजवँशीले समितीबाट राजिनामा दिएका छन् ।

हामीलाइ रवर स्टाम्प मात्र बनाउन खोजियो — समितीका सदस्य कुलप्रसाद गिरीले भने— समितीको सदस्य हरुको सल्लाह विनै एकाएक परीक्षा स्थगित गराएर सँयोजकले मनोमानी गर्न खोजेको छ । हामीसँग सल्लाह नगर्ने हे भने यो समितीमा हामी किन बसिरहनु ।

पुस २७ गतेको गाउसभा बन्द सत्रबाट कर्मचारी ब्यवस्थापनको जिम्मेवारी पाएका कार्यकारी अधिकृत पोखरेलले गत पुस २९ गते स्थानीय मिडियाहरुलाइ जानकारी नै नदिइ एक राष्ट्रिय दैनिकमा एक सिभिल इन्जिनियर र दुइ सब इन्जिनियर आवश्यक्ताको विज्ञापन खुलाएका थिए । विज्ञापन खुलाए पश्चात अधिकृत पोखरेलको सँयोजकत्वमा पाच सदस्यीय समिती गठन गरिएको थियो । समितीमा दिपिन्द्र थापा‚ कुल प्रसाद गिरी अघनु राजवँशी र विरेन्द्र खड्कालाइ सदस्य बनाइएको थियो । भने माघ २० गते शनिवार लाइ परीक्षाको मिती तोकिएको थियो ।

परीक्षा हुने मितीको अघिल्लो रात शुक्रवार अधिकृत पोखरेलले परिक्षार्थीहरुलाइ फोन गरेर परीक्षा स्थगित गरिएको जाकारी दिएका थिए । तर अचम्म के छ भने फोन मार्फत परीक्षा स्थगितको जानकारी गराएपनि शनिवार परीक्षा स्थगित भएको कुनै पनि सार्वजनिक सुचना जारी गरिएन‚ न त समिती कै सदस्यहरुलाइ जानकारी गराइयो । परीक्षा स्थगित भएको आज तीन दिन वितिसक्दा समेत न त गाउपालिकाको सुचना बोर्डमा परीक्षा स्थगितको सुचना टाँसिएको छ‚ न त गाउपालिकाको आधिकारीक वेबसाइटमा नै ।

शुक्रबार राती अधिकृत सरले हामीलाइ फोन गरेर परीक्षा स्थगितको जानकारो गराउनु भयो तर के कारणाले हो भन्ने कुरा खुलाउनु भएन — एक परीक्षार्थी प्रल्हाद राजवँशीले भने ।

उपाध्यक्ष दिपेन्द्र थापासँग फोन सम्पर्क गर्न खोज्दा उनले परीक्षा नै स्थगित भइसकेकोले आफु केहि न बोल्ने र आफुलाइ केहि जानकारी नभएको जस्तो गैर जिम्मेवारपुर्ण अभिव्यक्ति दिएका छन् ।
गत महिना आइटी अफिसर नियुक्तीमा पनि विवाद देखिएको थियो । सो नियुक्ती प्रकृयामा परीक्षको दिन कुनै पनि परीक्षार्थीको हाजिर लिइएको छैन भने सर्ट लिस्टबाट बाहिरि सकेका परीक्षार्थी ध्रुव नारायण ताजपुरियालाई समेत पछी बोलाएर परीक्षा लिइएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार  १२ : १८ बजे