१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मोहम्मद पैगम्बरको जन्मोत्सव गौरीगंजमा मुस्लिम धर्मावलम्बीहरुले धुमधामसंग मनाए



गौरीगंज ३, कार्तिक / मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर अल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा नेपाल मुस्लिम नागरिक समाज गौरीगंजले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएको छ ।
मोहम्मद पैगम्बरको १४४३औँ जन्मजयन्तीका अवसरमा आज गौरीगंज बजार परिक्रममा गरी एक आपसमा शुभकामना आदान प्रदान गर्दै धुमधामसंग जन्मजयन्ती उनीहरुले मनाएका हुन् ।

सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा नेपाल मुस्लिम नागरिक समाज गौरीगंजले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएको छ ।
मोहम्मद पैगम्बरको १४४३औँ जन्मजयन्तीका अवसरमा आज गौरीगंज बजार परिक्रममा गरी एक आपसमा शुभकामना आदान प्रदान गर्दै धुमधामसंग जन्मजयन्ती उनीहरुले मनाएका हुन् ।


गौरीगंज क्षेत्रका मदरसाका मुस्लिम विद्यार्थीहरुलाई सहभागी गराई र्यालीमा पैगम्बरको नाम र उनका वाणीहरुको उच्चारहण गर्दै बजार परिक्रममा गरेका थिए ।
जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरेको नेपाल मुस्लिम नागरिक समाज गौरीगंजका उपाध्यक्ष मो. आसामुदिनले बताए ।
यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध गर्ने र पैगम्बरको वाणी र उपदेशहरुलाई आत्मसाथ गर्ने आजको दिन भएकोले मुस्लिम समुदायले आजको दिन विशेष रुपमा मनाउदै आएको समाजका उपाध्यक्ष आसामुदिन मियाँले बताए । गौरीगंज गाउँपालिकामा करिब ४ सय ५० मुस्लिम परिवार रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ५६ बजे