१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ज्येष्ठहरुलाई सम्मान


२२ जेष्ठ २०७५, मंगलबार  

0
Shares

pic2

गौरीगंज २२, जेठ/ ज्येष्ठ नागरिक गौरीगंज गाउ“पालिका वार्ड नं. ६ समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरी ४८ जना ज्येष्ठहरुलाई जेष्ठ परिचयपत्रसहित सम्मान गरेको छ ।
गौरीगंज गाउ“पालिका वार्ड नं. ६ को प्रागंणमा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले ‘जय श्री राम’ अक्षर अंकित खादा ओढाएर दीर्घायुको कामना सहित जुुस दिनुभएको थियो । कार्यक्रममा उमेरको आधारमा भएका जेष्ठ व्यक्तिलाई, पेशाको आधारमा जेष्ठ, पदको आधारमा जेष्ठ, अनुभवको आधारमा जेष्ठ र सम्पन्नताका आधारमा जेष्ठ व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका जिल्ला सचिव यज्ञश्वर वास्कोटा, नेपाली कांग्रेसका महासमिति सदस्यहरु घनश्याम रिजाल, फुलबत्ती राजवंशी, इलाका प्रशासन गौरीगंजका प्रमुख यज्ञ प्रसाद आचार्य, उद्योगपति श्यामकृष्ण चौधरी, वडा नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वडा नं. ५ का वडा अध्यक्ष विजय सिंह, कार्यकारिणी सदस्य राधा अधिकारी, वडा सदस्य राजेन्द्र ताजपुरिया, उदिम राई, मुकेश शाह, रमकुमारी विकलगायतको उपस्थिति थियो । कार्यक्रमको अन्त्यमा ज्येष्ठ नागरिकहरुले विभिन्न नेपाली भजन तथा गीतहरुमा छमछमी नाचेका थिए भने कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष रामकृष्ण यादवले गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार  १२ : ४८ बजे