१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा उधाेग वाणिज्य संघ गाैरीगंजकाे भवन शिलान्यास, उद्घाटन मै दिए जीवन राईले ५० हजार सहयाेग


१२ मंसिर २०७५, बुधबार  

0
Shares

20181128_121720
गाैरीगंज १२, मंसिर / झापा उधाेग वाणिाज्य संघ गाैरीगंजकाे एक कार्यक्रमकाे अायाेजना गरि अाज भवन शिलान्यास गरिएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले विधिपुर्वक पुजाअार्चना गरि भवनकाे शिलान्यास गरेका हुन् ।

युवा व्यवसायी तथा समाजसेवी केशव कुमार अग्रवालले भवन निर्माणका लागि गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ३ मा १ कठ्ठा जग्गा दान दिएका छन् । जग्गादाता अग्रवाल उनकी श्रीमती सीमा अग्रवाललाई खादा अाेढाएर प्रमाणपत्रले सम्मान गरिएकाे थियाे । त्यसैगरी गाैरादह वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी जीवन राईले भवन निर्माणका लागि व्यत्तिगत तर्फबाट नगद रू ५० हजार रूपैयाँ सहयाेगकाे घाेषणा गरेका थिए ।
झापा उधाेग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेकाे सभापतित्वमा भएकाे कार्यक्रममा संघका पुर्व अध्यक्ष ताराकान्त दास, बाबुराजा श्रेष्ठ, भाेजराज सेढाई, पत्रकार अात्माराम राजवंशी र मदन राजवंशीलाई खादा अाेढाएर प्रमाणपत्रसहित सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि बाबुराजा श्रेष्ठले उघाेग वाणिज्य संघकाे भवन निर्माणका लागि गाउँपालिकाकाले १० लाख रूपैयाँ वजेट विनियाेजन गरिएकाे बताउनुभयाे । अध्यक्ष श्रेष्ठले युवा स्वराेजगारका लागि गाउँपालिकाले पहिलाे चरणमा ५० जना युवालाई राेजगार गर्ने वातावरण मिलाउन लागेकाे बताउनुभयाे । युवाहरूले उघाेग संचालन गरे ३ वर्षसम्म स्थानिय सरकारले लिने कर छुट गरिदिने अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।
झापा उधाेग वाणिज्य संघका पुर्व जिल्ला अध्यक्ष राजेन्द्र घिमिरे, उधाेग वाणिज्य संघका जिल्ला अध्यक्ष राजु पनेरू, दमक उधाेग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,चारअाली उधाेग वाणिज्य संघका अध्यक्ष शरद शिवाकोटी, ईलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराई, गाैरादह उधाेग वाणिज्य संघका अध्यक्ष जीवन राईले गाैरीगंज वाणिज्य संघकाे हुन लागेकाे भवन निर्माण कार्यमा सक्दाे सहयाेग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए । विसं २०३४ सालमा स्थानिय व्यवसायी भवुतमहल अग्रवालकाे अगुवाईमा स्थापना भएकाे उधाेग वाणिज्य संघ गाैरीगंज यहाँका व्यवसायीहरूलाई संगठित गरि व्यवसायिक हक हितकालागि सक्रिय हुँदै अाएकाे छ । झापा उधाेग वाणिज्य संघ गाैरीगंजका उपाध्यक्ष शेरमान बुढाथाेकीले स्वागत गरेकाे कार्यक्रमकाे संचालन संघका सचिव श्रवण गिरीले गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  १० : १४ बजे