४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक


२५ फाल्गुन २०७४, शुक्रबार  

0
Shares

buget1

गौरीगंज २५, फागुन / गौरीगंज गाउँपालिकाले आज आफ्नो नीति, बजेट तथा कार्यक्रम पुस्तकमार्फत सार्वजनिक गरेको छ ।
गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले नीति, बजेट तथा कार्यक्रम आर्थिक वर्ष २०७४–७५ को लागि उक्त पुस्तिकामार्फत सार्वजनिक गरेको हो । गौरीगंज गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४/७५ मा आर्थिक, सामाजिक, पूर्वाधारजन्य, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास, सेवा प्रवाह र सुशासनजन्य योजनाहरुमा बजेट विनियोजन गरिएको छ । कुल विनियोजित बजेट ५५ करोड १८ लाख ४१ हजार १ सय १३ रुपैया“ मध्ये चालु खर्च १९ करोड ५७ लाख ५५ हजार ७ सय ३३ रुपैया“ र पूजी“गत खर्च ३५ करोड ६० लाख ८५ हजार ३ सय ८० रुपैया“ अनुमानित व्यय र स्रोत व्यवस्थापन गसरएको छ ।
bujet2
चालु आर्थिक वर्षमा गाउँपालिकाको आन्तरिक आय (कर, दस्तुर, राजश्व) र वाह्य अनुदानको रुपमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, शर्शत अनुदान, सीमाक्षेत्र विकास कार्यक्रम, एल.जी.सी.डी.पी. अनुदान, सामाजिक सुरक्षा अनुदान आदिबाट कूल रकम रु. ३५ करोड १८ लाख ४१ ह्जार १ सय १३ रुपैया“ व्यहोरिने छ ।
buget3

गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाली कांग्रेस गौरादह नगर सभापति यादवराज सेढाई, पुर्व गाविस अध्यक्ष कल्याण प्रसाद कोइराला, एमाले पार्टीका तर्फबाट विष्णु न्यौपाने, वडा नं. ३ की वडा अध्यक्ष सरिता शेर्पालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार  १२ : ५१ बजे