७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हल्दिबारी महासंघको अध्यक्षमा अर्जुन राई चयन


२८ माघ २०७४, आइतबार  

0
Shares

haldibari
हल्दिबारी २८, माघ/ नेपाल आदिवासी जनजाती महासंघ हल्दिबारीको प्रथम अधिवेशनबाट अर्जुन राईको अध्यक्षतामा ९ सदस्यीय समन्वय समिति गठन भएको छ ।
महासंघको आइतबार सम्पन्न अधिवेसनमा आदिवासी जनजाती महासंघका जिल्ला सदस्य तथा राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार चन्द्रसिंह राजवंशी प्रमुख अतिथी रहेको अधिवेसनबाट उपाध्यक्षमा क्रमशः गन्जमान प्रधान, बुधलाल मेचे र सुरजमणी टुडु चयन भएका छन् भने सचिवमा जीत बहादुर राजवंशी चयन भएका छन् । त्यसैगरी सहसचिवमा भीमकुमार मगर, राजकुमार चौधरी र प्रेम कुमार योन्जन कोषाध्यक्षमा तारादेवी लिम्बु चयन भएका छन् । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा आदिवासी जनजाती समुदायको उल्लेखनिय उपस्सित थियो ।

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार  १ : ५७ बजे