४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा समानुपातिक तर्फ पनि मतगणना सकियो, माओबादीलाई निक्कै कम मत


२८ मंसिर २०७४, बिहिबार  

0
Shares

mat dan

झापा २८, मंसिर /
झापामा प्रत्यक्ष तर्फ प्रदेश तथा प्रतिनिधि सभाका सबै १५ वटै क्षेत्रमा बिजयी बनेको बाम गठबन्धनको एउटा दल माओबादी केन्द्रले समानुपातिक तर्फ भने झापामा निक्कै कम मत प्राप्त गरेको छ । समानुपातिक तर्फको मतगणना सम्पन्न भईसक्दा दुई मुख्य दल नेकपा एमाले र नेपाली काँग्रेसको तुलनामा माओबादी केन्द्रको मत निक्कै कम रहेको निर्वाचन आयोगले दिएको तथ्याङ्कमा उल्लेख छ ।
४ लाख १५ हजार १ सय ३ मत खसेको मध्ये समानुपातिक तर्फ झापामा नेकपा एमाले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ पहिलो पार्टी बनेको छ । एमालेले झापामा प्रतिनिधी सभाको समानुपातिक तर्फ १ लाख ६० हजार ६ सय ३९ मत प्राप्त गरको छ । नेपाली काँग्रेसले १ लाख २१ हजार ४ सय ८९ मत पाउँदा माओबादी केन्द्रले ३३ हजार ३ सय ९९ मत मात्र पाएको छ । त्यस्तै झापा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा बिजयी बनेको राप्रपाले झापा समानुपातिक तर्फ भने ३२ हजार ८ सय २० मत प्राप्त गरको छ । भर्खरै राजनितिक दलका रुपमा अगाडी आएको बिबेकशील साझा पार्टीले झापाबाट ९ हजार १ सय ३२ मत प्राप्त गरको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
त्यस्तै प्रदेश सभा तर्फ झापामा समानुपातिक तर्फ एमालेले १ लाख ५० हजार ९ सय ९९ मत पाएको छ । काँग्रेसले १ लाख १२ हजार ७ सय ९९ मत पाएको छ भने माओबादी केन्द्रले ३३ हजार २ सय ५९ मत मात्र पाएको छ । राप्रपाको ३४ हजार ९ सय ६६ मत प्राप्त गर्दा बिबेकशील साझा पार्टीले ७ हजार ९ सय ४५ मत प्राप्त गरेको छ ।

Read more at: http://jhapatimes.com/news-details/922/2017-12-14
Follow us: @jhapatimes on Twitter | @jhapatimes on Facebook

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहिबार  १२ : १८ बजे