१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तोरी खेती प्रवर्द्वनमा अनुदान दिँदै गौरीगंज गाउँपालिका




गौरीगंज/ झापाको गौरीगञ्ज गाउँपालिकाले तोरी खेतीमा किसानहरुलाई प्रोत्साहन गर्न अनुदान दिने भएको छ । पालिकाले त्यस्तो अनुदानका लागि विभिन्न शर्तहसहित पालिकाका किसान तथा किसान सम्बद्ध फर्म तथा किसान समुहहरुसँग यसअघि प्रस्तावना मागेको थियो ।
माग भइआएका प्रस्तावनासहितका निवेदनहरु मध्ये विभिन्न व्यक्ति तथा संस्था एवं कृषि फर्महरु गरी ६३ वटा अनुदानका लागि योग्य ठहरिएका छन ।
पालिकाले आज मंगलबार सार्वजनिक गरेको अनुदानका लागि छनौट भएकाहरु मध्ये १० वटा विभिन्न कृषक समुह तथा फर्महरु छन भने अन्य सबै किसानहरुले व्यक्तिगत रुपमा अनुदान पाउनेछन । संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत उनीहरु मध्ये धेरैले सिचाइँका लागि बिद्युत मोटरमा अनुदान पाउनेछन भने केहीले पावर स्प्रे, थ्रेसर समेत पाउनेछन । थ्रेसरका लागि २ लाख ५० हजार सम्म अनुदान पाउनेछन । मोटर अनुदान प्राप्त गर्नका लागि प्रतिगोटा ४ हजार १२५ रुपैयाँ र पावर स्प्रेका लागि १ हजार २५० रुपैयाँ रकम अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था रहेको पनि पालिकाद्धारा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : १६ बजे