१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माेहन मैनालीद्वारा लिखित ‘परिघुलन’ विमाेचन



गौरादह २५, चैत /गौरादह नगरपालिका वडा नं -६ काे आरती नगरका माेहन मैनालीद्वारा प्रकाशित ‘परिघुलन’ नामक पुस्तक बिमाेचन गरिएकाे छ।
दमकका पुर्ब प्राचार्य तथा कार्यक्रमका प्रमुख अतिथि माेहन प्रसाद भण्डारीले एक कार्यक्रमका बीच पुस्तककाे बिमाेचन गरेका छन्।
पुस्तक बिमाेचन कार्यक्रममा सहभागी अधिकांश बक्ताले मैनालीद्वारा प्रकाशित परिघुलन पुस्तकले यस क्षेत्रकाे परिबेशलाई उजागर गरेकाे बताएका थिए।

हामीले मनाउँदै आएका चार्डपर्व, धार्मिक स्थल, आयुर्बेद, दक्षिणी क्षेत्रका मुख्य स्थानहरुलगायतका कुराहरुलाई पुस्तकमा समावेश रहेकाे बताएका थिए।पुस्तक बिमाेचन कार्यक्रममा कृति समिक्षा गर्दै कसार साप्ताहिकका सम्पादक तथा शिक्षक बेणु प्रसाद अधिकारीले पुस्तकमा धार्मिक, आध्यात्मिक,ऐतिहासिक, साँस्कृतिक, बिभिन्न जातजाति, भाषाभाषीहरुलाई उचित स्थान दिनु पर्छ भन्ने कुराहरुलाई समेट्नुका साथै समाज रुपान्तरणका पक्षलाई समेत समेटिएको बताएका थिए।

बिमाेचन कार्यक्रममा पुर्वाञ्चल कृषि क्याम्पसका प्रमुख अनिल कृष्ण प्रसाईले पुस्तकमा यस क्षेत्रमा रहेका धार्मिक, साँस्कृतिक, संभावित पर्यटकिय क्षेत्रलाई समेटिएकाले भविष्यमा भावीपिडित सन्ततीका लागि पुस्तक मार्ग निर्देश भएकाे बताएका थिए।

कार्यक्रममा गौरीगंज क्याम्पसका पुर्ब क्याम्पस प्रमुख केदार रिमाल,गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा,हरि ओझा, अमिनलाल राजवंशी लगायतले पुस्तककाे उपयोगीताका बारेमा मन्तब्य राखेका थिए।
लेखक माेेहन मैनालीकाे जन्म २०१७ साल चैत २६ गते तेर्हथुम जिल्लाकाे अठराईकाे सन्क्रान्तीमा भएकाे थियाे । उहाँकाे विवाह राधा मैनालीसंग भएकाे हाे । उहाँ सनातन धर्म सेवा समिति जिल्ला शाखा, मैनाली समाज झापा क्षेत्र नं. ६ काे क्षेत्रिय सभापति, शिद्वेश्वर धाम अारती नगरकाे सचिवमा रहि सेवा गर्दै अाएका छन् ।
उहाँले प्रकाशन गर्नुभएकाे कृति ‘ परिघुलन’ मा २३ वटा शीर्षक भने नविनतम शैलीमा ५ वटा खण्डमा विभाजन गरि पुस्तक प्रकाशन भएकाे छ । जसमा काेहवराकाे परिचय, गाैरादह र गाैरीगंजकाे ऐतिहासिक महत्वकाे वैजेश्वर नाथ महादेव मन्दिर काेटेश्वर, साधु सन्यास आश्रमकाे वर्णन गरिएकाे छ ।

जीवन सिटौलाले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा कामेश्वर राजवंशीले कार्यक्रम संचालन गरेका थिए।पुस्तक बिमाेचन कार्यक्रमका सभापति माेहन मैनालीले दक्षिणी क्षेत्रमा रहेका सम्पुर्ण कुराहरुलाई समेटेर प्रकाशन गरिएकाे पहिलाे संस्मरण पुस्तक ५ खण्ड रहेकाे बताएका थिए।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : २७ बजे