३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रहरीले भन्यो: झापामा ४९ वटा मतदान केन्द्र अति सम्बेदनशील


९ मंसिर २०७४, शनिबार  

0
Shares

nirbachan

झापा / झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदान स्थललाई अतिसम्बेदनशीलको रुपमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो।

यस जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४ सम्बेदनशील र १३० मतदान स्थललाई समान्य रहेको प्रहरीले जनाएको छ। पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँचजना प्रतिनिधिसभा र १० प्रदेशसभाका प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा पाँच लाख ८५ हजार १६६ जनाले मतदान गर्ने भएका छन्।

यसैगरी, प्रत्येक मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हिजोदेखि तालीम शुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानस्थललाई व्यवस्थित, मर्यादित, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्न अपनाउनुपर्ने विधि तथा प्रक्रियाका बारेमा ज्ञान दिनु तालीमको उद्देश्य रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताएका छन्। निर्वाचनमा लगभग पाँच हजार ५०० कर्मचारी खटिने अधिकारी आचार्यले जानकारी दिए।

प्रकाशित मिति : ९ मंसिर २०७४, शनिबार  ४ : ११ बजे