१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टहरा निर्माण प्रक्रियाबारे छलफल


९ माघ २०७३, आइतबार  

0
Shares

khajurgachhi bazar 2

गौरीगंज/ खजुरगाछी बजार व्यवस्थापन समिति खजुरगाछीले टहरा निर्माण प्रक्रियाबारे आज सर्वपक्षिय भेलाको आयोजना गरेको छ । बजारलाई व्यवस्थित गर्न र बजारमा टहरा निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागको ४ लाख रुपैया“बाट इस्टिमेट अनुसार टहरा निर्माण गर्दा बलियो र दीर्घकालिन नहुने देखेपछि समितिले भेलाको आयोजना गरेको हो । विभागको विनियोजित रकममा स्थानिय स्रोतबाट अझ थप गरी टहरालाई बलियो बनाउने समितिले निर्णय गरेको छ । समितिका अध्यक्ष अर्जुन दंगाालका अनुसार भेलाले दिएको मार्गनिर्देशन अनुसार समितिले टहरा निर्माण गर्ने बताए । बजारलाई सफा राख्न विभिन्न स्थानमा फोहोर राख्ने डस्टविन राखिएको उनले बताए । खजुरगाछी गा.वि.स. भवनमा भएको सर्वपक्षिय भेलामा स्थानिय राजनैतिक दलका प्रतिनिधि, झापा उद्योग वाणिज्य संघ खजुरगाछी गौरीगंजका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष अर्जुन दंगालले गरेका थिए । झापाकै सवैभन्दा पुरानो बजार एकसमयमा दक्षिणी भेगको प्रमुख बजार केन्द्रको रुपमा स्थापित थियो । बजार व्यवस्थापनमा चासो नदिनु र राज्यको पहुचबाट टाढा रहेको यो बजार पछिल्लो समयमा भने यो बजारले का“चुलु फेर्दै गएको स्थानिय अगुवाहरु बताउ“छन् ।

प्रकाशित मिति : ९ माघ २०७३, आइतबार  १० : १७ बजे