३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रियल मड्रिडका पाँच उत्कृष्ट खेलाडी, रोनाल्डोको स्थान कहाँ ?


२५ भाद्र २०७३, शनिबार  

0
Shares

ronaldo
काठमाडौं / इंग्लिस पत्रिका डेल मेलले रियल मड्रिडका अहिलेसम्मकै महान खेलाडीहरुको सूची निकालेको छ ।

यससूचीको शीर्ष स्थानमा क्रिष्टियानो रोनाल्डो भने परेका छेनन् । उनी दोस्रो स्थानमा छन् । सूचीको शीर्ष पाँचमा कोको पर्न सफल भए त ?

१. अल्फेर्डो डी स्टेफानो

अल्फेर्डो डी स्टेफानोले १९५३ मा रियल मड्रिडबाट डेब्यू गर्नु अघिसम्म क्लबले मात्र दुई लिग उपाधि जितेको थियो । तर, उनी ११ वर्ष क्लबमा रहँदा पटक लिग च्याम्पियन बन्न सफल भयो । साथै पाँच पटक युरोपियन कपको उपाधि उचाल्यो, यसक्रममा उनले सात गोल फाइनलमा मात्र गरेका थिए ।

जसले उनको खेल हेरे, उनीहरुले भन्थे कि उनी परमेश्वर नै हुन् । वास्तवमा उनी सेन्टर फवार्ड थिए । तर, उनले जहाँ पनि खेले । र, उनी विपक्षी डिफेन्सहरुबाटै बल खोज्न सक्थे । उनको डि्रबल, टिम पास त्यति नै राम्रो थियो भने उनको नेट बास्टिङ फिनिस थियो ।

२. क्रिष्टियानो रोनाल्डो

फुटबलमा हामी कति पटक भन्यौं कि यो रेकर्ड अब कहिल्यै तोडिँदैन ? वा हामीले यस्तो कहिल्यै देख्ने छैनौं । रियल मडि्रडका समर्थकहरुको सिंगो जेनेरेसन, जसले पुस्कास र डि स्पटेफानोको खेल पनि हेरेका थिए, उनीहरुलाई लाग्थ्यो कि अब यस्तो कसैले खेल्छ । नलागोस् पनि किन ? पुस्कासको प्रतिखेल गोल ०.९२ छ भने स्टेफानोको प्रतिखेल गोल ०.७८ छ ।

तर, जब रोनाल्डो आए, उनले एकपछि अर्को सिजन गोलको वर्षा गरेका छन् । उनले मात्र ३१० खेलमा राउलको भन्दा बढी गोल गरेका छन्, जुन राउलले ७१४ खेलमा सम्भव गरेका थिए । र, अब रोनाल्डो क्लबकै टप स्कोरर बनेका छन् ।

२०१४ मा क्लबलाई च्याम्पियन्स लिग दिलाउने क्रममा १४ गोल गरेका उनले गत सिजन १६ गोल गरे र ११ औं च्याम्पियन्स लिग दिलाए ।

३. पाको गेन्टो

रियल मड्रिडको इतिहासमा उनले जति युरोपियन कप र ला लिगा अरु कुनै खेलाडीले जितेका छैनन् । उनले ६ पटक युरोपियन कप र १२ पटक ला लिगा जितेका थिए । १९५३ मा डेब्यू गरेका उनले १८ सिजनमा ६०५ खेल खेल ।

४ं फेरेन पुस्कास

१९५८ देखि १९६६ सम्ममा ग्यालेपिङ मेजरले रियल मडि्रडका लागि २६२ खेलमा २४२ गोल गर्‍यो । यो उक्त खेलाडीलाई नराम्रो होइन, जुन खेलाडी ३१ वर्षको उमेरमा क्लब आवद्ध भएका थिए र पहिलो ट्रेनिङ सेसनमा जाँदा निकै मोटा पनि थिए । फिफाले हंगेरीलाई प्रतिवन्ध लगाएका कारण उनी दुई सिजन मैदान बाहिर रहे । तर, उनले तीन युरोपियन कप र ५ लिग उपाधि जिते ।

उनको ३५ गोल त मात्र ३९ युरोपियन खेलमा सम्भव भएको थियो । जसमा चार गोलले एकै रातमा भएको थियो, जब रियल मडि्रडले १९६० को फाइनलमा फ्राङ्कफटलाई ७-३ ले हरायो ।

५. जिनेदाने निदान

रियल मड्रिडको इतिहासकै महान गोल उनले नै गरेका हुन्, जब २००२ मा रियलले नवौं युरोपियन कप जित्यो । त्यही सिजन उनले लिग पनि जिते र फिफा वल्र्ड प्लेयर घोषित भए ।

बार्यन लिभरकुसनविरुद्ध अन्तिम मिनेटमा विजयी गोल गरेपछि उनको पहिलो सिजनका कठिनाइका दिनहरु अन्त्य भएको थियो । उनले क्लबमा पाँच सिजन विताए र १५५ खेल खेल्दै ३७ गोल गरे ।

यो सूचीको छैटौं नम्बरमा राउल, सातौंमा इकर कासियास, आठौंमा अमरो, नवौंमा पिर्री र दशौं नम्बरमा अमिलियो छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७३, शनिबार  १० : १३ बजे