३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कोच राजवंशी सुचना केन्द्रको भवन शिलान्यास


९ असार २०७३, बिहिबार  

0
Shares

ghar

घैलाडुब्बा/  झापाको घैलाडुब्बामा कोच राजवंशी सूचना केन्द्र भवनको शिलान्यास आज  गरिएको छ । झापा क्षेत्र नं. ४ का  सांसद प्रेम गिरीले  सो भवनको शिलान्यास गरेका हुन् ।    गाविसका पुर्व प्रधानपञ्च टेकनारायण राजवंशीको स्मृतिमा उहाँका छोरा तथा नातेदारले कोच राजवंशी  संग्रालय निर्माणका लागि आठ कठ्ठा जग्गा  नि:शुल्क प्रदान गरेका छन् । कनकाई नगरपालिका – ९ घैलाडुब्बामा कोच सङ्ग्राहलय, सूचना केन्द्र र सभाहल निर्माणका लागि रु ५० लाख मूल्य बराबरको जग्गा कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रलाई प्रदान गरेका हुन् । सूचना केन्द्र भवनको साथै कोच राजवंशी सांस्कृतिक भवनको आजै शिलान्यास भएको छ ।

जग्गा प्रदान गर्ने छोरा तथा नातेदारहरुमा रतनलाल, खगेन्ऽप्रसाद, प्रेम, टहल, सूर्य, सीताराम, विमल, विष्णु र राजेन्द्र राजवंशी रहेको  संरक्षण तथा पर्यटन प्रवद्र्वन केन्द्रका अध्यक्ष प्रेम राजवंशीले  जानकारी दिनुभयो । यो संगै घैलाडुब्बामा पूर्वमै ठूलो र सुविधा सम्पन्न कोच संग्राहलय निर्माण हुने भएको छ ।
सूचना केन्द्र निर्माणका लागि ५ लाख रुपैयाँसमेत छुटिसकेको छ । पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष  प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन कार्यालय झापाका प्रमुख गणेश प्रसाद तिम्सिनालगायतको उपस्थिति थियो । स्थानिय समाजसेवी धर्मलाल राजवंशीको स्वागत रहेको कार्यक्रमको सञ्चालन जयप्रसाद राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७३, बिहिबार  १२ : ०० बजे