२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

हंंसलाल राजवंशीसहित झापाबाट ११ जना केन्द्रिय सदस्य


१० जेष्ठ २०७३, सोमबार  

0
Shares

विर्तामोड /   नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिका लागि झापाबाट करीब एक दर्जन नेताहरुको नाम सिफारिस  भएको छ । माओवादीका १० वटा घटकहरुविचको एकतापछि तत्कालिन एकीकृत नेकपा माओवादीको प्रदेश नं. १ ले केन्द्रीय सदस्यका लागि सिफारिस गरेका ५३ जनामध्ये झापाका ११ जना छन् । उनीहरु मध्ये एक जना बहालवाला सांसद मोहन टुडु छन् ।  अर्का एक जना तत्कालिन जनमोर्चासंगको एकता प्रकृयाबाट आएका ज्योतिसिंह दर्लामी हुन् । अरु धेरै संविधान सभा चुनावमा पार्टीको तर्फबाट उम्मेद्वार थिए ।
झापाबाट यस अघि एमाओवादी केन्द्रिय सदस्यका रुपमा धर्मशीला चापागाई र झलकसिंह दर्लामी (सन्देश) मात्रै थिए । चापागाई तीन महिना अघि मात्रै पार्टीको केन्दीय सदस्य बनेकी थिइन् ।  उनी एक महिना अघि मात्रै अनेमसंघ क्रान्तीकारीको केन्द्रीय अध्यक्षमा सर्वसम्मत  चयन भएकी हुन् । नेतृ चापागाई समितिमा झापाबाट सिफरिस गरिएका अन्य नेताहरुमा केन्द्रीय सल्लाहकार हर्क खड्का, कार्यवाहक जिल्ला अध्यक्ष राजु आचार्य(अग्नी), सहइञ्चार्ज सीपि कँडरिया  , बोधराज दाहाल (असीम), पुरुषोतम चुँडाल (राजु), हंसलाल राजवंशी र लक्ष्मी न्यौपाने (सरु) छन् । सिफारिस गरिएका खड्का पार्टीको जनसरकार प्रमुख भइसकेका हुन भने आचार्य पाँचथर घर भई लामो समयदेखि झापाको राजनीतिमा सक्रिय छन् । कँडरिया माओवादीको विद्यार्थी राजनीतिबाट क्रमश पार्टीको सक्रिय राजनीतिमा आएका हुन् । उनी दशक अघि अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य थिए । दाहाल २०६४ को संविधान सभा चुनावमा झापा १बाट  र चुडाँल २०७० मा झापा ४ बाट उम्मेद्वार थिए । राजवंशी कोचिला नेता हुन् । न्यौपाने किसान संगठनकी फ्याक्सन इनचार्ज छिन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७३, सोमबार  ८ : १६ बजे