१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतले कुनै पनि राजनीतिक समूहलाई सहयोग गरेको छैनः राजदूत राय


१५ चैत्र २०७२, सोमबार  

0
Shares

काठमाडौं , १५ चैत /  नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतले कुनै राजनीतिक समूहलाई सहयोग नगरेको दाबी गरेका छन् ।

पछिल्लो समय मधेस आन्दोलनकारीलाई सर्मथन गरेको आरोप छिमेकी मुलुक भारतमाथि लाग्दै आएको छ । तर, राजदूत रायले भने नेपालमा भारतले एक समूहलाई समर्थन गरेको भन्दै भ्रम रहेको भन्दै भनेका छन्, ‘हामी (भारत)सँग नेपालका लागि पोलिसी छ, कुनै समूहलाई होइन ।’

नेपाल र भारतबीच बहुआयामिक सम्वन्ध रहेको र त्यसमा बेलाबेला उतार चढाव आउने गरेको उनले बताए ।

आन्दोलनरत मधेसी दलहरुले उठाएको मुद्धाबारे सोधिएको प्रश्नमा भारतीय राजदूत रायले नेपालको संविधानमा भएको संशोधनको भारतले यसअघि नै स्वागत गरिसकेको बताए । तर, मधेसी सन्तुष्ट छैन नि भन्ने प्रश्नमा उनले भने, ‘सबै विषय वार्ता र सम्वादबाट समाधान हुन्छ ।’

नेपाल भारत सम्वन्धमा चीन फाक्टरबारे सोधिएको प्रश्नमा उनले बेइजिङले पनि नेपालमा राजनीतिक स्थिरता र विकास होस् भन्ने चाहेको बताएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७२, सोमबार  ३ : ११ बजे