२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

सरकारले पठायो मोर्चालाई वार्ताको लागि पत्र


२६ बैशाख २०७३, आइतबार  

0
Shares

काठमाडौं २६ , बैशाख  /सरकारले गठन गरेको वार्ता टोलीले आइतबार संयुत  लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ । वार्ताबाट नै सबै समस्याको सामाधान गर्ने प्रतिवद्धतासहित वार्तामा आउन मोर्चालाई आग्रह गरिएको छ ।

समितिका संयोजक कमल थापाको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ’प्रदेश सीमाकंनलगायतका विषयमा सहमति जुटाउन उच्चस्तरीय राजनितिक संयन्त्र गठन गरिसकिएको छ।’ बिगतमा भएको आन्दोलनको स्वरुप परिवर्तनलाई सरकारले सकारात्मक रुपमा लिएको सरकारले पठाएको पत्रमा उल्लेख छ ।

मुलुकको आर्थिक विकास तथा पुननिर्माणलगायतका कार्यलाई अघि बढाउन नेपालका सबै राजनीतिक दल एकै ठाउँमा आउनु पर्ने उल्लेख गर्दै पत्रमा वार्ताबाटै सम्पूर्ण समस्याको सामाधान गर्ने प्रतिवद्धता दोहोर्याइएको छ ।

सरकार वार्ता र सहमतिबाटै समस्याको सामधान चाहेकोले पटक पटकको वार्ताको मर्म अनुसार ०७२ फागुन १६ को संविधान संसोधन भएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २६ बैशाख २०७३, आइतबार  १ : २९ बजे