३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

क्रिकेट संघको तदर्थ समिति भंग गर्न राखेप तयार


२० बैशाख २०७३, सोमबार  

0
Shares

काठमाडौं २०,  वैशाख /राष्ट्रिय खेलकुद (परिषद् राखेप) ले निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिए तदर्थ समिति भंग गर्न तयार रहेको बताएको छ ।

आधिकारिकता विवाद लम्बिएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले केही समय अघि नेपाल क्रिकेट संघलाई निलम्बन गरेको छ ।

क्यान निलम्बनपछि औपचारिक धारणा सार्वजनिक सोमबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशव विष्टले आफूहरु शुन्यबाट क्रिकेट संघलाई अघि बढाउन तयार रहेको बताए । उनले तदर्थ समिति गठनको आफ्नो निर्णयको बचाउ गरे ।

क्यानको बहुमतले निर्वाचन गरेपछि राखेपलाई त्यसलाई मान्यता नदिएर रमेश शिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । आईसीसीले नै क्रिकेट संघ ठीक छैन भनेपछि आफूहरुले तदर्थ समिति बनाएको भन्दै उनले कुनै गलत काम नगरेको उनले बताए ।

अदालतले यथास्थितिमा राख्न भनेकाले अहिले आफूहरुले केही गर्न सक्ने अवस्था नभएको सदस्य सचिव विष्टले बताए । तर, निर्वाचित समितिले मुद्दा फिर्ता लिए राखेप तदर्थ समिति भंग गरेर नयाँ शिराबाट नेपाल क्रिकेट संघलाई अघि बढाउन तयार रहेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०७३, सोमबार  ९ : ४१ बजे